क्रोएसियन फुटबल

अन्तर्राष्ट्रिय फुटबलबाट लोभरेनको संन्यास

काठमाडौं । क्रोएसियाका रक्षक डेजान लोभरेनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । बिहिबार सामाजिक संजाल ट्वीटरमार्फत लोभरेनले संन्यास लिएको जानकारी गराएका हुन् ।

३३ वर्षीय लोभरेनले ७८ अन्तर्राष्ट्रिय खेल खेल्दा पाँच गोल गरेका छन् । लोभरेन हाल फ्रेन्च क्लब ओलम्पिक लियोनबाट व्यावसायिक फुटबल खेलिरहेका छन् ।  

क्रोएसियाले सन् २०१८ को रुस विश्वकपमा दोस्रो तथा कतार विश्वकप २०२२ मा तेस्रो स्थान हासिल गर्दा लोभरेनको भुमिका अहम थियो ।

सन् २०१४  देखि २०२० सम्म इङ्लिस महारथी लिभरपुलबाट खेलेका लोभरेन त्यसपछि रुसी क्लब जेनिट सेन्ट पिटर्सबर्ग गएका थिए ।   लोभरेन गत जनवरीमा लियोन फर्किएका थिए । 

सन् २००६ देखि २०१० सम्म रुसी क्लब डिनोमो जाग्रेबबाट व्यवासायिक फुटबल खेलेका लोभरेन त्यसपछि लियोन आएका थिए । लियोनमा तीन सिजन बिताएका उनले लिभरपुल जानुअघि अर्को इङ्लिस क्लब साउथह्याम्पटमा एक सिजन बिताएका थिए ।