विद्यलाय खेलकुद

आयोजक काष्ठमण्डप क्वार्टरफाइनलमा

काठमाडौं । आयोजक काष्ठमण्डप ‘ए’ छैटौं काष्ठमण्डप कप थ्री बाइ थ्री अन्तर ए लेभल छात्र बास्केटबल प्रतियोगितामा बिहीबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

मल्पी ‘ए’, काठमाडौं वर्ल्ड स्कुल, बूढानीलकण्ठ ‘ए’ र ‘बी’, नामी, साइपाल तथा ग्लोबल इन्टरनेसनल कलेले पनि क्वार्टरफाइनलमा स्थान बनाए । 

शुक्रबार सम्पन्न हुने प्रतियोगितामा ११ टोली सहभागी छन् ।