पिस प्वाइन्ट कप

पिस प्वाइन्ट कप फुबटल बुधबारदेखी हुने

सांकेतिक तस्बिर

 काठमाडौं ।  पिस प्वाइन्ट स्कुलको आयोजनामा तीन सय ६१ डिग्री पाँचौं पिस प्वाइन्ट कप अन्तरविद्यालय फुटबल प्रतियोगिता बुधबारदेखी हुने भएको छ ।

प्रतियोगितामा १६ टाेलीको सहभागिता रहने पिस प्वाइन्टकी प्रिन्सिपल इशु गुरुङले जनाएकी छन् ।  प्रतियोगिताको विजेताले ४०, उपविजेताले २५ तथा  तेश्रो स्थान हासिल गर्नेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्  ।

प्रतियोगिताका सम्पूर्ण खेलहरु सानोगौचरण खेल मैदानमा हुनेछन् ।