ए डिभिजन लिग

भारतीय फरवार्ड सैविश एनआरटीमा अनुबन्ध

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको क्लब न्युरोड टिम ( एनआरटी) भारतीय फरवार्ड सैविश सिंहलाई अनुबन्ध गरेको छ ।

एनआरटीले सोमबार समाजिक संञ्जाल फेसबुकमार्फत १९ वर्षीय सैविशलाई दक्षिण एसियाली कोटमा यस सिजनका लागि अनुबन्ध गरेको जानकारी दिएको हो ।  

सैविशले पछिल्लो पटक गोवा प्रोफेस्नल लिगको क्लब  पान्जिम फुटबलर्सबाट ब्यवसयीय फुटबल खेलेका थिए ।

नयाँ सिजनको ‘ए’ डिभिजन लिग फागुन १९ बाट सुरु हुँदैछ । एनआरटीले फागुन २१ मा सातदोबाटाे युथ क्लबसँग खेल्दै लिगको सुरुआत गर्नेछ ।