फ्रेन्च लिग वान

नेइमारको बारेमा गलत प्रतिक्रिया दिएको छैनः एमबाप्पे

पेरिस । फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर किलियन एमबाप्पेले नेइमारको बारेमा केही गलत प्रतिक्रिया नगरेको बताएका छन ।

पिएसजीले आइतबार लिग वानमा लिलेमाथि ४३ को जित निकालेको थियो । नेइमारले एमबाप्पेको गोलका लागि असिस्ट गरेका थिए भने टोलीका लागि दोस्रो गोल समेत गरेका थिए । 

५१औं मिनेटमा नेइमार कुर्कुच्चाको चोटका कारण मैदानबाट बाहिरिएका थिए । क्लबले नेइमारको लिगामेन्टको स्क्यानपछि मात्र नेइमारको चोटको बारेमा केही बताउन सकिने जनाएको छ ।

पिएसजी गत साता च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ पहिलो लेगमा बायर्न म्युनिखसँग १-० ले पराजित भएको थियो ।

एमबाप्पेले नेइमारलाई आराम गर्न सुझाएका थिए । उनले मार्च ८ मा हुने दोस्रो लेगसम्म नेइमार ठिक भैसक्नु पर्ने बताएका थिए ।

‘मैले मानिसहरुले नेइमरकोबारेमा विभिन्न कुरा गरेको सुने’, एमबाप्पेले भने, ‘मैले नेइमारलाई आराम गर, दोस्रो लेगमा टोलीलाई तिम्रो आवश्यकता छ भनेको हुँ । तर त्यसलाई गलत रुमपा लिइयो । नेइमार छिट्टै टोलीमा फर्कनेमा म विश्वस्त छु । उनी टोलीका महत्वपूर्ण खेलाडी हुन् ।’