इन्टर मिलान

डर्मियान २०२४ सम्म इन्टरमै रहने

मिलान । इटालियन सिरी ए को क्लब इन्टर मिलानका माटियो डर्मियान सन् २०२४ को अन्त्यसम्म क्लबमै रहने भएका छन ।

डर्मियानले क्लबसँगको सम्झौता नबिकरण गरेका हुन । उनको सम्भौता यस सिजनको अन्त्यसम्मका लागि मात्र थियो ।

इन्टरले बुधबार डर्मियानकै निर्णायक गोलमा एट्लान्टामाथि १-० को जितसहित कोपा इटालियाको सेमिफाइनलमा स्थान बनाएको थियो । 

इन्टरले सेमिफाइनलमा चिरप्रतिद्धन्द्धी युभेन्टसको सामना गर्नेछ । युभेन्टस बिहीबार लाजियोमाथि १-० को जितसहित प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको थियो । 

‘म इन्टरका समर्थकलाई एउटा खुशीको कुरा बाँड्न चाहन्छु,मैले क्लबसँगको सम्झौता नबिकरण गरेको छु,' डर्मियानले भने, छिट्टै मैदानमा भेट हुनेछ । '

डर्मियान सन् २०२० मा इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडबाट इन्टर भित्रिएका थिए । 

सन् २०२० मा इन्टरले सिरी ए को उपाधि जित्दा उनी टोलीका प्रमुख खेलाडी थिए ।