इङ्लिस प्रिमियर लिग

इन्जोको सरुवामा पछुतो छैनः कोस्टा

लन्डन । बेन्फिकाका अध्यक्ष रुइ कोस्टाले विश्वकप विजेता अर्जेन्टिनाका इन्जो फर्नान्डेज आफ्नो इच्छाले किर्तिमानी रकममा इङ्लिस प्रिमियर लिगको क्लब चेल्सी गएकाले उनको सरुवामा कुनै पछुतो नभएको बताएका छन ।

पोचुर्गिज क्लब बेन्फिाकाबाट इन्जोलाई अनुबन्ध गर्न चेल्सीले एक सय २१ युरो खर्चिएको थियो । यससँगै इन्जो यस सिजन  जनवरी सरुवा बजारमा सबैभन्दा भन्दा महंगो खेलाडी बनेका थिए । 

अर्जेन्टिनाले कतार विश्वकप २०२२ को उपाधि जित्दा महत्वपूर्ण भुमिका निर्वाह गरेका इन्जो उदियमान खेलाडी घोषित भएका थिए ।

यसअघि ज्याक ग्रिलिस जनवरी सरुवा बजारमा सर्वाधिक रकममा सरुवा हुने खेलाडी बनेका थिए । म्यानचेस्टर सिटीले २०२१ मा ग्रिलिसका लागि एक सय मिलियन युरो खर्चिएको थियो ।

‘पक्कै पनि इन्जो फर्नान्डेज हाम्रो प्रमुख खेलाडी थिए । अन्य समर्थकजस्तै उनी बाहिरिदा दुख लागेको छ, ’कोस्टाले भने, ‘तर खेलाडीले क्लब छोड्ने इच्छा राखेपछि हामीसामु उनको निर्णय स्विकार गर्नुको विकल्प थिएन । हाम्रो चाहना कम्तीमा यस सिनजको बाँकी अबधी उनी टोलीमा रहुन भन्ने थियो । एउटा समर्थकको रुपमा उनको बर्हिगमनमा म दुखी छु तर एक क्लब अध्यक्षको नाताले म खेलाडीको इच्छा विपरित जान सक्दिन ।’