एसिसी

नेपाललाई एसिसी प्रिमियर कप आयोजनाको प्रस्ताव

फाइल फोटो

काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसिसी) ले नेपाललाई एसिसी प्रिमियर कप आयोजना गर्न प्रस्ताव गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाललाई   एसिसी प्रिमियर कप आयोजना गर्न आएको प्रस्तावमा छलफल भइरहेको जानकारी दिएका हुन् ।

‘हामी नेपाली क्रिकेटलाई फेरि लयमा ल्याउन आइसिसी  पुरुष विश्वकप लिग दुई  को दुई सिरिज आयोजना गर्दैछौ,’चन्दले बिहिबार आयोजित पत्रकार सम्मेलनमा भने‘ एसिसीले पनि  एसिसी प्रिमियर कप आयोजनाको प्रस्ताव गरेको छ ।’

पहिलो पटक आयोजना हुन लागेको एसिसी प्रिमियर कप एसिया कप तथा इमर्जिङ टिम्स एसिया कपको छनोट खेल हो ।

एक दिवसीय फर्म्याटमा आयोजना हुने प्रिमियर कपमा पहिलो हुने टोलील एसिया कपका लागि छनाेट हुनेछ ।  यसैगरी शीर्ष  तीनमा रहने टोली  इमर्जिङ टिम्स एसिया कपका लागि छनोट हुनेछन् ।

प्रिमियर कपमा नेपाल सहित युएई, कुवेत, कतार, ओमान, हङकङ, सिंगापुर, मलेसिया र छनोटबाट आउने दुई टोलीको सहभागिता रहनेछ ।

यस संस्करणको एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ ।