टाईगर कप

टाइगर कपः पुलिसलाई हराउँदै एपिएफ फाइनलमा

काठमाडाैं । विभागीय टोली नेपाल एपिएफ क्लबले पोखरामा जारी तेस्रो टाईगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालाको प्राङ्गणमा शुक्रबार सम्पन्न पुरुषतर्फको पहिलो सेमिफाइनलमा एपिएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।  

एपिएफले खेल २५-१०, २५-२१ र २५-१८  ले आफ्नो पक्षमा पारेको हाे ।

समूह चरणमा एपिएफ पहिलो तथ पुलिस चौथो स्थानमा रहेर सेमिफाइनल  प्रवेश गरेका थिए ।  शुक्रबार नै हुने दोस्रो सेमिफाइनलमा  घरेलु टोली गण्डकी प्रदेश र साबिकको विजेता त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

शुक्रबार नै महितातर्फ तेस्रो स्थानका लागि भएको खेलमा न्यु डायमन्ड स्पोर्टस क्लबले घरेलु टोली गण्डकीलाई २५-१९, २५-१६  र  २५-१६ ले पराजित गरेको थियो ।