माघ १६, २०८२ शुक्रबार | १२:५८:००
अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट अस्ट्रेलियाविरुद्ध पाकिस्तान विजयी नेपालसँग खेल्ने वेष्ट इन्डिजले लगातार गुमायो दुई शृंखला यी हुन् युरोपा लिगको अन्तिम १६ मा स्थान बनाउने आठ टिम मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ?

राष्ट्रिय महिला भलिबलः उद्घाटन खेलमा न्यु डायमन्ड र आर्मी भिड्ने

फाइल तस्विर

काठमाडौं । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा बुधबारदेखि सुरु हुने सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता न्यु डायमन्ड युथ स्पोर्ट क्लब र विभागीय टोली त्रिभुव आर्मी क्लब भिड्ने भएका छन् ।

उद्घाटन खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहान ११ बजे सुरु हुनेछ । सोहि दिन दिउँसो १ः ३० मा हुने खेलमा दुई विभागीय टोली नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितालाई केएनपी नेरोलेकले मुख्य प्रायोजन गरेको छ ।प्रतियोगितामा साविक विजेता न्यु डायमन्ड युथ स्पोर्टस क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबको सहभागिता रहनेछ ।

यसअघि आयोजकले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको पनि सहभागिता रहने जनकारी दिएको भए पनि क्लबले अन्तिम समयमा आएर नाम फिर्ता लिएको बताइएको छ ।

नेपाल भलिबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा जावालाखेल सहभागी नहुने भएपछि चार टोलीले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । जसबाट शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् ।

बैशाख १५ सम्म हुने प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार रुपैयाँ प्राप्त गर्नेछ । यसैगरी २ लाख ५० हजार र तेस्रो हुनेले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।  प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछिन्। विधागततर्फ उत्कृष्ट हुनेलाई २५ हजार र हरेक खेलको ‘प्लेयर अफ दी म्याच’ले १५ हजार रुपैयाँ पाउनेछन्।

प्रतियोगिताको उद्घाटनका अवसरमा एक जना राष्ट्रिय खेलाडीलाई ५० हजार रुपैयाँसहित शेरबहादुर खड्का स्पेसल अवार्डबाट सम्मानित गरिने बताइएको छ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।