चैत्र ८, २०८२ आइतबार | ०२:४१:४५
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

राष्ट्रिय महिला भलिबलः उद्घाटन खेलमा न्यु डायमन्ड र आर्मी भिड्ने

फाइल तस्विर

काठमाडौं । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा बुधबारदेखि सुरु हुने सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता न्यु डायमन्ड युथ स्पोर्ट क्लब र विभागीय टोली त्रिभुव आर्मी क्लब भिड्ने भएका छन् ।

उद्घाटन खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहान ११ बजे सुरु हुनेछ । सोहि दिन दिउँसो १ः ३० मा हुने खेलमा दुई विभागीय टोली नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितालाई केएनपी नेरोलेकले मुख्य प्रायोजन गरेको छ ।प्रतियोगितामा साविक विजेता न्यु डायमन्ड युथ स्पोर्टस क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबको सहभागिता रहनेछ ।

यसअघि आयोजकले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको पनि सहभागिता रहने जनकारी दिएको भए पनि क्लबले अन्तिम समयमा आएर नाम फिर्ता लिएको बताइएको छ ।

नेपाल भलिबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा जावालाखेल सहभागी नहुने भएपछि चार टोलीले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । जसबाट शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् ।

बैशाख १५ सम्म हुने प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार रुपैयाँ प्राप्त गर्नेछ । यसैगरी २ लाख ५० हजार र तेस्रो हुनेले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।  प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछिन्। विधागततर्फ उत्कृष्ट हुनेलाई २५ हजार र हरेक खेलको ‘प्लेयर अफ दी म्याच’ले १५ हजार रुपैयाँ पाउनेछन्।

प्रतियोगिताको उद्घाटनका अवसरमा एक जना राष्ट्रिय खेलाडीलाई ५० हजार रुपैयाँसहित शेरबहादुर खड्का स्पेसल अवार्डबाट सम्मानित गरिने बताइएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो