आइसिसी महिला यु-१९ टी २० विश्वकप

भारतले श्रीलंकालाई हरायो

 
काठमाडौं । भारतले आइसिसी महिला यु-१९ टी २० विश्वकपको सुपर सिक्स अन्तर्गको खेलमा जित निकालेको छ ।

भारतले समूह एक अन्तर्गत सिनवेस पार्कमा आइतबार सम्पन्न खेलमा श्रीलंकालाई सात विकेटले हराएको हो ।

श्रीलंकाले प्रस्तुत गरेको ६० रनको लक्ष्य भारतले ७.२ ओभरमा तीन विकेट गुमाउँदै भेट्टायो ।  भारतका लागि सौम्या तिवारीले अविजित २८, कप्तान सफाली वर्माले १५ र स्वेता शेरावतले १३ रन जोडे ।

श्रीलंकका लागि तीनै विकेट देउमी विहङ्गले लिइन् ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले  निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ५९ रनको योगफल तयार  पारेको थियो ।  श्रीलंकका लागि कप्तान विष्मी गुणारत्नेले २५ र उमाया रथनायकेले १३ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

भारतका लागि पार्श्वी चोपडाले चार, मन्नत काश्यपले दुई तथा तितस साधु र अर्चना देवीले समान एक विकेट लिए ।

सुपर सिक्न अन्तर्गत आइतबार नै सम्पन्न समूह दुईको खेलमा रुवान्डाले वेस्ट इन्डिजलाई चार विकेटले पराजित गरेको छ ।