अस्ट्रेलियन ओपन

अजारेन्का क्वाटरफाइनलमा

काठमाडौं । बेलारुसकी भिक्टोरिया अजारेन्काले वर्षको पहिलो ग्रान्डस्लाम टेनिस प्रतियोगिता अस्ट्रेलियन ओपनको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेकी छन् ।

अजारेन्काले चौथो चरण अन्तर्गत आइतबार सम्पन्न खेलमा चाइजिन खेलाडी जु लिनलाई २-१ को सेटमा पराजित गरेका हुन् ।

मेलबर्नस्थित रोड लेभर एरिनामा पहिलो सेट ४-६ ले गुमाए पनि अजारेन्काले त्यसपछिका दुई सेट ६-१ र ६-४ ले आफ्नो पक्षमा पारिन् ।

अजारेन्का अमेरिकी खेलाडी म्याडिसन किजलाई १-६, ६-२ र ६-१ तथा लिन ग्रिसकी मारिया सकारीलाई ७-६(७-३), १-६ र ६-४ ले पराजित गर्दै चौथो चरणमा प्रवेश गरेका थिए ।

अजारेन्काले क्वाटरफाइनलमा अमेरिकी खेलाडी जेसिका पेगुलाको सामना गर्नेछिन् । पेगुला चेक रिपब्लिककी बार्बोरा केरिज्सिकोभालाई ७-५ र ६-२ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेकी हुन् ।