आइसिसी यु-१९ पुरुष विश्वकप एसिया छनोट

यु-१९ विश्वकप छनोटका लागि नेपाली टोली घोषणा

काठमाडौं । आइसिसी यु-१९ पुरुष विश्वकप एसिया छनोटको लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार १४ सदस्यीय नेपाली टोली घोषणा गरेको हो ।

छनोट प्रतियोगिता फेब्रुअरी अन्तिममा युएईमा हुनेछ । एसिया डिभिजन एक छनोटमा नेपाल, युएई, हङकङ, कुवेत, मलेसिया र सिंगापुरले प्रतिस्पर्धा गर्नेछन् । विजेता टोलीले २०२४ मा श्रीलंकामा हुने यु-१९ विश्वकप खेल्न पाउनेछ ।

छनोट प्रतियोगिताको खेल तालिका भने सार्वजनिक भइसकेको छैन ।

नेपाली टोलीः देव खलान, गुल्सन झा, दुर्गेश गुप्त, अर्जुन कुमाल, हेमन्त धामी, दिपक बोहरा, आकाश त्रिपाठी, उत्तम थापा मगर ,दीपेश कँडेल, सुवास भण्डारी, दीपक बोहरा, विशाल केसी, मिलन बोहरा, दीपक डुम्रे 
 

वैकल्पिक खेलाडीः प्रज्वल थापा, तुलबहादुर थापा, राजेश यादव, निर्मल थापा