एक दिवसीय शृंखला

श्रीलंकाविरुद्ध भारतको ‘क्लिन स्विप’

काठमाडौं । भारतले श्रीलंकाविरुद्धको एक दिवसीय श्रृंखलामा ‘क्लिन स्विप’ गरेको छ ।  भारतले ग्रीनफिल्ड अन्तर्राष्ट्रिय मैदानमा आइतबार सम्पन्न तेस्रो तथा अन्तिम खेलमा तीन सय १७ रनको फराकिलो जित निकालेको हो ।

यस जितसँगै भारतले तीन खेलमा श्रृंखला ३–० ले आफ्नो पक्षमा पारेको छ । यसअघि भारतले ६७ रन तथा चार विकेटको जित दर्ता गरेको थियो ।

भारतले दिएको तीन सय ९१ रनको विशाल लक्ष्य पछ्याएको श्रीलंका २२ ओभरमा मात्र ७३ रनमा समेटियो । श्रीलंकका लागि नुवानिन्दु फर्नान्डोले १९, कासुन रजिथाले अिविजत १३ र कप्तान दासुन सनकाले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

भारतका लागि मोहम्मद सिराजले चार तथा कुलदीप यादव र मोहम्मद सामीले समान दुई विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ राजेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै तीन सय ९० रनको विशाल योगफल तयार पारेको थियो ।  भारतका लागि विराट कोहलीले एक सय १० लमा १३ चोृका र आठ छक्का मद्दतमा अविजित रहँदै सर्वाधिक एक सय ६६ रन जोडे ।

यसैगरी शुभमन गिलले ९७ बलमा १४ चौका र दुई छक्का मद्दतमा एक सय १६,कप्तान रोहित शर्माले ४२ र श्रेयश अय्यरले ३८ रन बनाए ।

शुममनले पहिलो विकेटका लागि रोहितसँग ९५ तथा दोस्रो विकेटका लागि विराटसँग एक सय ३१ रनको साझेदारी गरेका थिए । यसैगरी विराटले तेस्रो विकेटका लागि श्रेयससँग एक सय आठ रनको साझेदारी गरेका थिए ।

श्रीलंकका लागि कासुन रजिथा र लाहिरु कुमाराले समान दुई तथा चमिका करुणारत्नेले एक विकेट हात पारे ।