चैत्र १२, २०८२ बिहीबार | १५:१६:४२
कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश

१२ सदस्यीय नेपाली बक्सिङ टोली थाइल्यान्ड जाँदै

काठमाडौं। एएसबीसी यु–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको बैंकक प्रस्थान गर्दैछ ।


जनवरी १६ देखि २७ तारिखसम्म हुने प्रतियोगितामा समान ३–३ पुरुष÷महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुष ४६–४८ केजीमा लालप्रसाद उप्रेती, ५४–५७ केजीमा इन्द्रबहादुर सुनार र ८०–८६ केजीमा विजय बाटाले प्रतिस्पर्धा गर्ने छन् । महिला ४५–४८ केजीमा सुष्मा तामाङ, ५४–५७ केजीमा हेमा राई र ७०–७५ केजीमा त्रिशा जवेगुले खेल्ने छन् । 

सुष्माको चौथो तथा इन्द्रको तेश्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । बाँकी चारले  पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्न लागेका हुन् ।
प्रशिक्षकमा दीपक महर्जन र सन्दिप श्रेष्ठ तथा व्यवस्थापकमा नेपाल बक्सिङ संघका सदस्य ओमनारायण श्रेष्ठ रहेका छन् । प्रतियोगिता दौरान हुने इन्टरनेसनल टेक्निकल अफिसर कोर्षमा सहभागी हुन पुष्करराज पन्त तथा आइबा २ स्टार रेफ्री जज कोर्षका लागि रामचन्द्र थापा मगर र धनकुमार मैनाली पनि टोलीसंगै थाइल्यान्ड जाने छन् ।


प्रतियोगितामा करिब ३० राष्ट्रको सहभागिता रहने संघका सदस्य एवं प्रवक्ता श्यामकाजी अवालेले जनाएका छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।


सो अवसरमा सदस्य–सचिव घिसिङले कार्यक्रमलाई सम्बोधन गर्दै भने ‘उत्कृष्ट खेलाडीलाई एक्पोजर दिन विशेष जोड दिनु होस् । सिकेर मात्र हुँदैन । खेलाडीलाई खेल्ने वातावरण पनि चाहिन्छ । महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीलाई सहभागी गराउनुस ।’
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो