सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप

उषा र मुवासर सर्वोत्कृष्ट

फाइल तस्बिर

काठमाडौं । च्याम्पियन टोली नेपाल पुलिस क्लबकी उषा भण्डारी र हेल्प नेपालका पाकिस्तानी खेलाडी मुवासर राजा सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

उषा महिला तथा मुवासर पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् । उषाले पुलिसलाई १० वर्षपछि च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका निभाएकी थिइन् ।

यसैगरी मुवासरले हेल्प नेपाललाई च्याम्पियन बनाउन महत्वपूर्ण भुमिका निभाएका थिए । सर्वोत्कृष्ट घोषित उषा र मुवासरले समान २५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे  ।

न्यु डायमन्डकी प्रतिभा माली महिला तथा त्रिभुवन आर्मी क्लबका धन बहादुर भट्ट पुरुषतर्फ उत्कृष्ट स्पाइकर घोषित हुँदा एपिएफकी कविता भट्ट महिला तथा पुलिसका नविन नगरकोटी  पुरुषतर्फ उत्कृष्ट ब्लकर चुनिए ।

पुलिसकी कमला पुन महिला तथा आर्मिका हरि हजुर थापा पुरुषतर्फ उत्कृट सेटर घोषित भए ।  आर्मीकी संगम महतो महिला तथा हेल्प नेपालका मुवासर राजा पुरुषतर्फ उत्कृष्ट सर्भर चुनिए ।

न्युयन्डकी सलिना श्रेष्ठ  महिला तथा हेल्प नेपालका दीपक थापा पुरुषतर्फ वेस्ट लिबेरो चुनिँदा पुलिसका रुपेश विष्ट महिला तथा हेल्प नेपाललका उत्सव खड्का पुरुषतर्फको उत्कृष्ट प्रशिक्षक घोािषत भए ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने सबैले समान १५ हजार रुपैयाँ ट्रफी प्राप्त गरे ।