इङ्ल्यान्ड

कार दुर्घटना फ्लिन्टफ घाइते

लन्डन । इङ्ल्यान्डका पूर्व कप्तान एन्ड्रियु फ्लिन्टफ कार दुर्घटनमा परेपछि अस्पताल भर्ना भएका छन ।

डुन्सफ्लोड पार्कमा  बिबिसी टेलिभिजन सो टप गियरको सुटिङका क्रममा मंगलबार बिहान फ्लिन्टफको कार दुर्घटनामा परेको हो ।

बिबिस प्रवक्ताका अनुसार दुर्घटनामा ४५ वर्षिय फ्लिन्टफलाई गम्भिर चोट भने लागेको छैन ।

‘मंगलबार विहान टेलिभिजन सो टप गियरको टेस्ट ट्याकमा भएको दुर्घटनाका कारण फ्लिनटफ घाइते भएका छन र तत्कालै उद्धार गरी उनलाई थप उपचारका लागि अस्पताल लगिएको छ । चोट गम्भिर नभएकाले फ्लिन्टफको अवस्था सामान्य छ’ बिबिसीका  प्रवक्ताले जारी गरिएको विज्ञप्तीमा भनिएको छ ।  

क्रिकेटबाट संन्यास लिएपछि टेलिभजन सोमा व्यस्त भएका फ्लिनटफ सन् २०१९ देखि टप गियरमा देखिँदै आएका छन ।

अलराउन्डर फ्लिन्टफले इङ्ल्यान्डका लागि ७९ टेस्ट, एक सय ४१ एकदिवसीय र सात टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका थिए ।

१९९८ मा दक्षिण अफ्रिकाविरुद्धको टेस्टबाट अन्तर्राष्ट्रिय खेल जिवनको सुरुवात गरेका फ्लिन्टफले २००९ मा अष्ट्रेलियाविरुद्ध अन्तिम टेस्ट खेलेका थिए ।