चैत्र ७, २०८२ शनिबार | ०४:२६:३३
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

मेसीका लागि विश्वकपमा आइतबार अन्तिम खेल,सुखद बिदाईको आशा

दोहा । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले कतार विश्वकप २०२२ अन्तर्गत आइतबार हुने खेल आफ्ना लागि अन्तिम हुने घोषणा गरेका छन् । 

मेसीको उत्कृष्ट प्रदर्शनप्रेरित अर्जेन्टिनाले मंगलबार सम्पन्न पहिलो सेमिफाइनल क्रोएसियालाई  हराउँदैे फाइनलमा स्थान बनाएको थियो ।

मेसीले जारी विश्वकपमा पाँच गोल गर्नुका साथै तीन गोलका लागि अवसर पनि सिर्जना गरेका छन । 

‘फाइनल खेलका साथ आफ्नो विश्वकप यात्रा अन्त्य गर्न पाउँदा मलाई गर्व महसुस भएको छ’ मेसीले भने‘ यो यात्रा उत्साहपुर्ण रह्यो । हरेक खेलमा बलियो भएको महसुस भएको थियो । म आफ्नो प्रदर्शनबाट सन्तुष्ट छु ।’  क्रोएसियाविरुद्ध पेनाल्टीमार्फत गोल गर्दै मेसी अर्जेन्टिनका लागि विश्वकपमा सर्वाधिक ११ गोल गर्ने खेलाडी बनेका थिए । मेसीले गाब्रियल बाटिस्टुटा (१०) लाई पछि पारेका हुन ।

त्यस्तै यही खेलमार्फत मेसी विश्वकपपमा सर्वाधिक खेल खेल्ने जर्मनीका लोथर माथियस (२५) सँग बराबरी गरेका थिए ।

सन् २०२२ मा मेसीले हालसम्म टोलीका लागि १६ गोल गरिसकेका छन । यो मेसीको एकै वर्षमा सर्वाधिक अन्तर्राष्ट्रिय गोल हो ।

‘२०२६ को विश्वकपका लागि धेरै समय बाँकी छ र मलाई लाग्दैन की म त्यसका लागि सक्षम हुनेछु, त्यसैले मलाई आशा छ यो एक उत्कृष्ट तरिकाले अन्त्य हुनेछ ’ ३५ वर्षिय मेसीले थपे ।

मेसी आफ्नो खेल जिवनको पाँचौ विश्वकप खेल्दैछन । सन् २०१४को फाइनलमा जर्मनीसँग १–० ले पराजित हुँदा अर्जेन्टिना तथा मेसी उपाधि नजिक पुगेर पनि निराश हुनपरेको थियो ।

विश्वकपको छैटौं पटक फाइनल खेल्न लागेको अर्जेन्टिना यसपटक भने उपाधिका साथ आफ्ना उत्कृष्ट खेलाडी मेसीको सुखद बिदाई दिने लक्ष्यमा छ ।

अर्जेन्टिनाले फाइनलमा साबिकको विजेता फ्रान्स र मोरोक्कोबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

 

 

 

 

 

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो