माघ १८, २०८२ आइतबार | १२:४४:५४
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

मेसीका लागि विश्वकपमा आइतबार अन्तिम खेल,सुखद बिदाईको आशा

दोहा । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले कतार विश्वकप २०२२ अन्तर्गत आइतबार हुने खेल आफ्ना लागि अन्तिम हुने घोषणा गरेका छन् । 

मेसीको उत्कृष्ट प्रदर्शनप्रेरित अर्जेन्टिनाले मंगलबार सम्पन्न पहिलो सेमिफाइनल क्रोएसियालाई  हराउँदैे फाइनलमा स्थान बनाएको थियो ।

मेसीले जारी विश्वकपमा पाँच गोल गर्नुका साथै तीन गोलका लागि अवसर पनि सिर्जना गरेका छन । 

‘फाइनल खेलका साथ आफ्नो विश्वकप यात्रा अन्त्य गर्न पाउँदा मलाई गर्व महसुस भएको छ’ मेसीले भने‘ यो यात्रा उत्साहपुर्ण रह्यो । हरेक खेलमा बलियो भएको महसुस भएको थियो । म आफ्नो प्रदर्शनबाट सन्तुष्ट छु ।’  क्रोएसियाविरुद्ध पेनाल्टीमार्फत गोल गर्दै मेसी अर्जेन्टिनका लागि विश्वकपमा सर्वाधिक ११ गोल गर्ने खेलाडी बनेका थिए । मेसीले गाब्रियल बाटिस्टुटा (१०) लाई पछि पारेका हुन ।

त्यस्तै यही खेलमार्फत मेसी विश्वकपपमा सर्वाधिक खेल खेल्ने जर्मनीका लोथर माथियस (२५) सँग बराबरी गरेका थिए ।

सन् २०२२ मा मेसीले हालसम्म टोलीका लागि १६ गोल गरिसकेका छन । यो मेसीको एकै वर्षमा सर्वाधिक अन्तर्राष्ट्रिय गोल हो ।

‘२०२६ को विश्वकपका लागि धेरै समय बाँकी छ र मलाई लाग्दैन की म त्यसका लागि सक्षम हुनेछु, त्यसैले मलाई आशा छ यो एक उत्कृष्ट तरिकाले अन्त्य हुनेछ ’ ३५ वर्षिय मेसीले थपे ।

मेसी आफ्नो खेल जिवनको पाँचौ विश्वकप खेल्दैछन । सन् २०१४को फाइनलमा जर्मनीसँग १–० ले पराजित हुँदा अर्जेन्टिना तथा मेसी उपाधि नजिक पुगेर पनि निराश हुनपरेको थियो ।

विश्वकपको छैटौं पटक फाइनल खेल्न लागेको अर्जेन्टिना यसपटक भने उपाधिका साथ आफ्ना उत्कृष्ट खेलाडी मेसीको सुखद बिदाई दिने लक्ष्यमा छ ।

अर्जेन्टिनाले फाइनलमा साबिकको विजेता फ्रान्स र मोरोक्कोबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

 

 

 

 

 

 

 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।