इङ्लिस प्रिमियर लिग

सान्चो तत्काल मैदान नफर्कने

लन्डन । म्यानचेस्टर युनाइटेडमा प्रशिक्षक एरिक टान हागले स्ट्राइकर जाडोन सान्चोको कहिलेबाट मैदान फर्कन्छन भन्ने यकिन नभएको बताएका छन् ।

पूर्ण रुपमा फिट नभएका कारण साञ्चोले चेल्सीसँग १–१ को बराबरीमा रोकिए यता युनाइटेडका लागि खेलेका छैनन । सान्चो विश्वकप खेल्ने इङ्ल्यान्डको टोलीमा पनि अटाएका थिएनन् ।

‘पूर्ण रुपमा फिट नभएकाले पछिल्लो समय सान्चो व्यक्तिगत रुपमा अभ्यास गरिहेका छन’ हागले भने‘ हामी सान्चो चाडै मैदान फर्किएको हेर्न चाहन्छौं । तर  उनी कहिले फर्कनछन भन्ने यकिन गर्न सकिने अवस्था छैन ।’

सिजनको सुरुआती आठ खेलमा तीन गोल गरेका सान्चोले पछिल्लो समय इङ्ल्यान्डको राष्ट्रिय टोलीमा पनि पर्याप्त मौका पाइहरेका छैनन् ।

सान्चो पछिल्लो समय सेप्टेम्बरमा युइएफए नेसन्स लिग खेल्ने इङ्ल्यान्डको टोलीमा परेका थिए ।

 युनाइटेडले इङलिस लिग कपको अन्तिम १६ अन्तर्गत डिसेम्बर २१ मा बर्नर्लीसँग खेल्नेछ ।