बेल्जियम

नयाँ प्रशिक्षक र निर्देशकको खोजीमा बेल्जियम

ब्रुसेल्स । बेल्जियम फुटबल संघले राष्ट्रिय टोलीका लागि अनुभवी तथा खेलाडीसँग चाँडै घुलमिल हुन सक्ने प्रशिक्षकको खोजि सुरु गरेको छ ।

विश्वकअघि फिफा वरीयताको दोस्रो स्थानमा रहेको बेल्जियम कतार विश्वकप २०२२ को समूह चरणबाटै बाहिरिएपछि रोबर्टो मार्टिनेजले राजिनामा दिएका थिए । 

चार वर्षअघि रुस विश्वकपमा तेस्रो स्थान हासिल गरेको बेल्जियमले कतारमा समान एक जित,हार र बराबरीको नतिजा निकाल्यो ।

क्यानडालाई १–०ले हराएको बल्जियमले मोरोक्कोसँग २–० को पराजित भएको थियो । त्यस्तै समूह चरणको अन्तिम खेलमा बेल्जियम क्रोएसियासँग गोलरहित बराबरी रोकिएको थियो ।
बेल्जियम सन् १९९८ को विश्वपकपछि पहिलोपटक समूह चरणबाटै बाहिरिएको हो ।  

‘विश्वकपको समूह चरणबाटै बाहिरिए पनि हामीसँग महत्वकांक्षी योजना छन । त्यसका लागि अनुभवी र खेलाडीसँगै चाँडै घुलमिल हुन सक्ने प्रशिक्षक  आवश्यकता छ । जसमा जितको भोक र युवा तथा अनुभवी खेलाडीलाई राम्रोसँग मिलाएर लान सक्ने क्षमता होस्’ रोयल बेल्जियन फुटबल संघले जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै संघले नयाँ खेल निर्देशक पनि खोजिरहेको बताएको छ । दुवै पदका लागि जनवरी १० सम्म दरखास्त आह्वान गरिएको हो ।

बेल्जियमले आगमी मार्च देखि सुरु हुने युरोपियन च्याम्पियनसिपको छनोटमा अस्ट्रिया,स्विडेन,अजरबैजान र इस्टोनियासँग प्रतिस्पर्धा गर्नेछ ।