अमेरिकामाथि  नेपालको सहज जित

काठमाडौं (खेलाडी)- ओपनर कुशल भुर्तेलले एक दिवसीय क्रिकेटमा पहिलो अर्धशतक पूरा गरेको दिन सोमबार नेपालले विश्वकप लिग दुई अन्तर्गत त्रिदेशीय शृखलाको पहिलो खेलमा अमेरिकामाथि ५ विकेटको सहज जित हात पारेको छ ।

अमेरिकाले प्रस्तुत गरेको २ सय ३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा ५ विकेट क्षतीमा पूरा गरेको थियो ।

नेपालको सहज जितमा कुशल भुर्तेलले ८४ रन जोड्दा रोहित कुमार पौडेलले अविजित ६२ र विनोद भण्डारीले ३७ रनको योगदानन गरे ।  १४४-४  मा ब्याटिङका लागि आएका विनोदसँग रोहितले पाँचौ विकेटका लागि ८३ रनको साझेदारी गरेका थिए । 

रोहितले ८५ बलमा २ चौका र ३ छक्का मद्दतमा अविजित ६० रनको योगदान गर्दा विनोदले ४८ बलमा २ चौका र १ छक्का मद्दतमा ३७ रनको योगदान  गरे ।

यसअघि कुशल र आसिफ शेखले पहिलो ओभरका लागि ६६ रनको साझेदारीका साथ नेपाललाई गतिलो सुरुआत दिलाएका थिए । आसिफले ४२ बलमा २ चोका मद्दतमा २३ रन जोडे ।कुशलले पपुगा न्युगेनीविरुद्धको अभ्यास खेलसँगै एक दिवसीय शृंखलामा डेब्यु गरेका थिए ।

कुशलले ९३ बलमा ३ चौका र ३ छक्का मद्दतमा ८४ रनको योगदान गरे । त्यस्तै कपतन ज्ञानेन्द्र मल्ले १७ रनको योगदान गरे ।

यसअघि मोनाङक पटेलको सतक प्रेरित अमेरिकाले नेपाललाई २ सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

मस्क्टस्थित अल अमेरत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर  २  सय ३० रनको योगफल तयार पारेको थियो । 

अमेरिकाको ब्याटिङमा मोनाङ्कले सबैभन्दा धेरै एक सय रन बनाए । एक सय १४ बलमा नौ चौका र एक छक्का प्रहार गरेका मोनाङ्कको करियरको यो पहिलो सतक हो । 

यसैगरी निसर्ग पटेलले ३९ बलमा २१ रन बनाए । त्यस्तै सुशान्त मोदानी र करिमा गोरेले समान १६ रन बनाउँदा स्टेभन टेलरले १४ तथा नोस्थुस केन्जिग र संजय कृष्णमुुर्तीले १३ रन बनाए । जस्करन मल्होत्राले ११ रन बनाए । 

नेपालको बलिङमा सन्दीप लामिछाने, सुशन भारी र विक्रम सोबले समान दुई विकेट लिए । १० ओभर बलिङ गरेका सन्दिपले दुई मेडन राख्दै ३५ रन खर्चिए । त्यस्तै कुशल मल्लले एक विकेट हात पारे ।