ट्वान्टी२० विश्वकप क्रिकेट

जितको दबाबमा इङल्यान्ड र अस्ट्रेलिया

मेलबर्न । आइसिसी ट्वान्टी२० विश्वकप क्रिकेटमा ग्रुप वानको सुपर १२ अन्तर्गत इङल्यान्ड र अस्ट्रेलियाबीचको खेललाई महत्वका साथ हेरिएको थियो । तर बुधबार आयरल्यान्डसँगको अप्रत्यासित हारले जस बट्लरको टोलीमाथिको दबाब बढेको छ ।

अफगानिस्तानमाथि सानदार जितसहित विश्वकप यात्राको सुखद थालनी गरेको इङल्यान्ड वर्षाले प्रभावित खेलमा आयरल्यान्डसँग स्तब्ध भएको थियो । जसले इङल्यान्डको सेमिफाइनल यात्रा कठिन बनाइदिएको छ ।

गत वर्ष युएईमा ट्वान्टी१० विश्वकप क्रिकेटको उपाधि जितेको अस्ट्रेलिया भने पहिलो खेलमा न्युजिल्यान्डसँग पराजित भएको थियो । दोस्रो खेलमा भने अस्ट्रेलियाले श्रीलंकालाई हराएको थियो ।

अस्ट्रेलियाका विकेटकिपर ब्याटर म्याथ्यु वेडमा कोभिड १९ संक्रमण पुष्टी भए पनि उनको अवस्था सामान्य रहेकाले इङल्यान्डविरुद्ध उनी मैदान उत्रने सम्भावना प्रवल रहेको छ । लेग स्पिनर एडम जाम्पा पनि इङल्यान्डविरुद्धको खेलसँगै टोलीमा फर्कने बताइएको छ ।


 

 इङल्यान्डले अस्ट्रेलियाविरुद्धको पछिल्लो सात ट्वान्टी२० खेलमा ६ खेल जितेको छ । ट्वान्टी २० विश्वकप क्रिकेटको गत संस्करणको समूह चरणमा यी दुई टोली आमने सामने भएका थिए । जहाँ इङल्यान्डले अस्ट्रेलियालाई आठ विकेटले हराएको थियो ।

आज हुने खेलमा टसलाई महत्वका साथ हेरिएको छ । एमसिजी ग्रान्डमा सम्पन्न पछिल्लो १० खेल मध्ये आठ खेलमा टस जितेका टोलीले नै खेल जितेका छन् ।
भारत,अस्ट्रेलिया र इङल्यान्डलाई यस पटक ट्वान्टी२० विश्वकप क्रिकेटको उपाधि दाबेदार टोलीको रुपमा हेरिएको थियो ।भारतले दुई खेलमा शतप्रतिशत नतिजा ल्याएको छ । ग्रुप वानमा अस्ट्रेलिया र इङल्यान्डबीचको खेलमा पराजित हुने टोलीको सेमिफाइलन प्रवेश सम्भावना न्युन बन्ने छ ।