एमसिसी महिला टिमको नेपाल भ्रमण

क्यान–११ सँग १९ रनले हार्यो एमसिसी

तस्वीर: सुदर्शन रन्जित, पोखरा ।

पोखरा । रुबिना क्षेत्रीको ह्याट्रिकप्रेरित क्यान–११ले एमसिसी वुमेन्सविरुद्ध शुक्रबार १९ रनको जित निकालेको छ । एमसिसी महिला टिमको नेपाल भ्रमणअन्तर्गत पोखरा रंगशालामा भएको खेलमा टूर टू नेपालअन्तर्गत शनिबार भएको ट्वान्टी २० मा टस जितेर रुबिनाको कप्तानीमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९९ रनको योगफल तयार गरेको थियो ।

दोस्रो इनिङमा जवाफी ब्याटिङमा उत्रिएको एमसिसी महिला टिमले १९.४ ओभरमा सबै विके गुमाएर ७८ रन मात्रै बनाउन सक्यो । भ्रमणकारी एमसिसीका लागि एलिजा हवार्डले अविजित २० तथा एबी ह्वाइब्रोले १९ रन बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

नेपाली टिमका लागि कप्तान रुबिनाले ह्याट्रिकसहित पाँच विकेट लिइन् । १५औं ओभरमा सबा नसिमको विकेट लिएकी रुबिनाले अन्तिम ओभरमा अमान्डा पोट्गेइटर, रिया बाभल, साबा क्रे र इजाबेली गर्नेलाई बोल्ड आउट गरेकी थिइन् । यस्तै नेपालका लागि कविता कुँवर र नेरी थापाले २–२ तथा सिता राना मगरले १ विकेट लिए ।

पहिलो इनिङमा नेपालका लागि नेरीले १८, सम्झना खड्का र कविता कुँवरले १७–१७ रनको योगदान गरेका थिए । यस्तै, सुमन खतिवडाले १६ रन जोड्दा अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

एमसिसीका लागि राचेल पोटरले सर्वाधिक ३ तथा रिया र अमान्डाले २–२ विकेट लिए । यस्तै। एलिजाले पनि एक विकेट लिएकी थिइन् ।