इपिएलको खेल तालिका सार्वजनिक, पहिलो खेलमा ललितपुर र काठमाडौं भिड्ने

काठमाडौं, (खेलाडी)- एभरेष्ट प्रिमियर लिग (इपिएल)को उद्घाटन खेलमा काठमाडौं किङ्गस ११ र ललितपुर प्याट्रियोट्स भिड्ने भएका छन् ।

असोज ९ बाट सुरु हुने इपिएलको चौथो संस्करणमा साविक विजेता ललितपुरले काठमाडौंसँग खेल्दै उपाधि रक्षाा अभियान सुरु गर्नेछ । 

विभिन्न सहरका ६ फ्रेन्चाइज टोलीको सहभागितामा हुने प्रतियोगिता असोज २३ सम्म चल्नेछ । 

असोज १० गते हुने दोस्रो खेलमा विराटनगर वारियर्स र चितवन टाइगरले प्रतिस्पर्धा गर्नेछन् । त्यही दिन अर्को खेलमा गत संस्करणको उपविजेता भैरहवा ग्लाडिएटर्स र पोखरा राइनोज भिड्नेछन् ।