नेदरल्यान्ड्सको जितमा मेम्फिस  डिपेकाे ह्याट्रिक

एम्सटरडम, (खेलाडी) मेम्फिस डिपेले ह्याट्रिक गरेको खेलमा नेदरल्यान्ड्सले १० खेलाडीमा सिमित भएर खेलको अन्त्य गरेको टर्कीमाथि ६१ को जित हासिल गरेको छ । 

अर्को वर्ष कतारमा हुने विश्वकपको युरोपेली छनोट अन्तर्गत समूह ‘जी’को योहान क्रायफ रंगशालामा भएको खेलमा बार्सिलोनाका फरवार्ड डिपेको पासमा डेभी क्लासेनले ५४ सेकेन्डमै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए । 

त्यसपछि पहिलो हाफमै व्यक्तिगत दुई गोल गरेर डिपेले नेदरल्यान्ड्सको अग्रता ३० ले फराकिलो पारेका थिए । क्लासेनको पासमा १६औं मिनेटमा व्यक्तिगत गोलको खाता खोलेका डिपेले मध्यान्तर हुन सात मिनेट बाँकी रहँदा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै अग्रता फराकिलो पारेका थिए । 

स्टेभन बेर्घुसको पासलाई गोलमा परिणत गर्दै ५४औं मिनेटमा डिपेले व्यक्तिगत ह्याट्रिक पूरा गरे । नेदरल्यान्ड्सका लागि जुस टिलले ८०औं मिनेटमा पाँचौं गोल गरे भने डोनिल मालेनले अन्तिम मिनेटमा गोल गरेपछि टोली ६० को फराकिलो अग्रता लिन सफल भयो । 

कागियर सोयुन्कुले मध्यान्तर हुन एक मिनेट बाँकी रहँदा दोस्रो पहेलो कार्डसँगै रातो कार्ड सामना गरेपछि टर्की १० खेलाडीमा सिमित भएको थियो । 

एक खेलाडी कम भएर संघर्ष गर्नाका बावजुद सेन्जिज अन्डरले इन्जुरी समयमा टर्कीका लागि एउटा सान्त्वना गोल फर्काए ।

सोही समूहका अन्य खेलमा नर्वेले जिब्रल्टारलाई ५–१ ले हराउदा मोन्टेनेग्रो र लात्भियाले गोलरहित बराबरी खेले ।