पिएनजीविरुध्दको पहिलो एकदिवसीय खेलमा नेपाल पहिला फिल्डिङ गर्दै

काठमाडौं, (खेलाडी)- पपुवा न्युगिनी (पिएनजी) विरुध्द विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय शृंखलाको तयारीका लागि खेलिँदै गरेको एकदिवसीय खेलमा टस हारेको नेपालले पहिला फिल्डङ गर्नु पर्ने भएको छ ।

ओमानको अल अमेरत मैदानमा केहीबेरमा हुने पहिलो एकदिवशीय खेलमा पपुवा न्युगिनीले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।

नेपाली टोलीमा कप्तान ज्ञानेन्द्र मल्ल, शरद भेसावकर, कुशल भुर्तेल, आशिफ शेख, सन्दीप लामिछाने, सोमपाल कामी, विक्रम शोब, रोहित पौडेल, कुशल मल्ल, पवन सर्राफ र आरिफ शेख छन् ।

उपकप्तान दीपेन्द्रसिंह ऐरीले चोटका कारण आजको खेल गुमाउने छन् । नेपालको टोलीबाट आशिफ, कुशल भुर्तेल र बिक्रमको एकदिवसीय स्वरुपमा यो पहिलो खेल हो ।