नेपालको केन्या भ्रमण

ओपनरद्वय आसिफ र अर्जुनको अर्धसतक, नेपाल बलियो अवस्थामा

नौरबी । ओपनरद्वय अर्जुन साउद र आसिफ शेख दुवैले अर्धसतक बनाएपछि केन्याविरुद्धको पहिलो एकदिवसीय खेलमा लक्ष्य पछ्याइरहेको नेपालले जितसम्भावनालाई बलियो बनाएको छ ।

केन्याले दिएको दुई सय १९ रनको लक्ष्य पछ्याइरहेको नेपालका ओपनरद्वय आसिफ र अर्जुनले अर्धसतक बनाएसँगै नेपालले २६ ओभरमा कुनै पनि विकेट नगुमाई एक सय १४ रन बनाएको छ । नेपालका लागि आसिफले ६५ र अर्जुनले ५४ रन बनाएका छन् । आसिफले ७७ बलमा आठ चौका प्रहार गर्दा अर्जुनले ७९ बलमा पाँच चौका र एक छक्का प्रहार गरेका छन् ।

यसअघि टस जितेर ब्याटिङमा आएको केन्याले ४८.१ ओभरमा सबै विकेट गुमाउनुअघि एक दुई सय १८ रनको योगफल तयार गरेको थियो ।