चैत्र ९, २०८२ सोमबार | १६:२१:४८
सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल
शनिबारको दिन साफ महिला च्याम्पियनसिप

महिला साफ: समूह ‘ए’ ग्रुप अफ डेथ नै हो ?

दक्षिण एसियाली महिला फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपको तयारी अन्तिम चरणमा छ । यसका लागि प्रायः सहभागी टिम नेपाल आइसकेका छन् । केही आउने चरणमा छन् ।

सन् २०१० देखि सुरु भएको महिला फुटबल प्रतियोगिताले छैटौं संस्करणमा यसपालि साफका सात देशले सहभागिता जनाउँदै छन् । यसै प्रतियोगितामार्फत पाकिस्तानी महिला टिमले आठ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा पुनरागमन गर्दै छ ।

साफले प्रतियोगितामा सहभागी सात टिमलाई दुई समूहमा विभाजन गरेको छ । समूह ‘ए’ मा भारत, पाकिस्तान, माल्दिभ्स र बंगलादेश छन् भने समूह ‘बी’ मा तीन टिममा आयोजक नेपाल, भुटान र श्रीलंका छन् ।

आन्तरिक विवादका कारण फिफाको निलम्बनमा रहेको पाकिस्तानी फुटबल जुलाई १ मा फुकुवा भएको थियो । यता, सेप्टेम्बर १६ मा फिफाको निलम्बनमा परेपछि अनिश्चित बनेको भारतको सहभागिता सेप्टेम्बर १७ मा फुकुवा भएसँगै सुनिश्चित बनेको हो ।

साफले प्रतियोगितामा सहभागी सात टिमलाई दुई समूहमा विभाजन गरेको छ । समूह ‘ए’ मा भारत, पाकिस्तान, माल्दिभ्स र बंगलादेश छन् भने समूह ‘बी’ मा तीन टिममा आयोजक नेपाल, भुटान र श्रीलंका छन् ।

दुवै समूहबाट शीर्ष दुई स्थानका टिम अन्तिम चारमा प्रवेश गर्नेछन् । यस आधारमा नेपालले सहजै सेमिफाइनल यात्रा तय गर्ने अनुमान गर्न सकिन्छ । यता साबिक तथा प्रतियोगिताको एकमात्र विजेता टिम भारत भने तुलनात्मक रूपमा कठिन समूहमा छ । छैटौं संस्करणसम्म आइपुग्दा पनि साफ महिला च्याम्पियनसिपले भारतबाहेक अर्को विजेता पाउन सकेको छैन ।

महिला फुटबलमा पछिल्लो समय बंगलादेशको उदय र ‘ओभरसिज’ खेलाडीलाई पनि राष्ट्रिय टिममा समेट्ने पाकिस्तानी नीतिका कारण यो समूहमा कुनै अप्रत्यासित नतिजा निस्किए कुनै आश्चर्य हुँदैन ।

समूह ‘ए’ विश्लेषण

समूह ‘ए’ मा रहेका भारत, पाकिस्तान, माल्दिभ्स र बंगलादेश टिममध्ये सेमिफाइनल पुग्ने पहिलो टिमको रूपमा भारतलाई लिए पनि अर्को टिम अनुमान गर्न सहज छैन । समूहमा कमजोर देखिएको माल्दिभ्सबाहेक बाँकी तीनबीच केही रोचक नतिजा निस्किन सक्ने प्रवल सम्भावना छ ।

पछिल्लो समय बंगलादेशले महिला फुटबलमा गरेको लगानीका कारण बंगलादेशी टिममा देखिएको सुधार भारतका लागि प्रमुख टाउको दुखाइ बन्ने पक्का छ ।

समूह ‘बी’ भदौ २२ गते फिफाको निलम्बनबाट हालैमात्र फुकुवा भएका दुई टिम भारत र पाकिस्तानबीच भिडन्त हुनेछ । सोही दिन बंगलादेश र माल्दिभ्स पनि आमनेसामने हुनेछन् ।

पाकिस्तानले महिला टिमको कप्तानी जिम्मेवारी नै अमेरिकामा फुटबल खेलेर हुर्किएकी मारिया खानलाई सुम्पिएको छ । टिममा कप्तानबाहेक नदिया खान पनि छन् । जो बेलायतको डोनकास्टर रोभर्सबाट व्यावसायिक फुटबल खेल्छिन् ।

यसका बावजुद समूह ‘ए’ बाट भारत र बंगलादेश शीर्ष दुईका प्रमुख दाबेदार हुन् ।

समूह ‘बी’ भदौ २२ गते फिफाको निलम्बनबाट हालैमात्र फुकुवा भएका दुई टिम भारत र पाकिस्तानबीच भिडन्त हुनेछ । सोही दिन बंगलादेश र माल्दिभ्स पनि आमनेसामने हुनेछन् ।

पाकिस्तानले भदौ २५ मा बंगलादेशविरुद्ध र भदौ २८ मा माल्दिभ्सविरुद्ध खेल्नेछ । भारतले २५ मा माल्दिभ्स र भदौ २८ मा बंगलादेशविरुद्ध खेल्नेछ ।

समूह ‘बी’

समूह ‘ए’ को तुलनामा समूह ‘बी’ मा साबिक उपविजेतासमेत रहेको आयोजक नेपाललाई केही सहज देखिन्छ । प्रतियोगिताका लागि करिब दुई साताअघि नेपाल उत्रिएको भुटानले बुधबार भएको खेलमा नेपाली घरेलु महिला फुटबलमा बलियो छवि बनाएको त्रिभुवन आर्मी क्लबलाई २–० ले पराजित गरेको थियो ।

यसबाट भुटान पनि महिला फुटबलमा बंगलादेशकै पथमा रहेको देखिन्छ । यद्यपि समूहमा दोस्रो स्थानका लागि भुटान र श्रीलंकाबीच चर्को प्रतिस्पर्धा हुने सम्भावना छ ।

साफको छैटौं संस्करण दशरथ रंगशालामा भदौ २१ देखि असोज ३ सम्म हुनेछ । प्रतियोगिताको दुवै सेमिफाइनल भदौ ३१ मा हुनेछ । असोज ३ उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

समूहमा नेपालले भदौ २१ गते उद्घाटन खेलमा भुटानसँग र २७ गते श्रीलंकासँग खेल्ने तालिका छ । भुटान र श्रीलंकाले भदौ २४ गते खेल्नेछन् ।

साफको छैटौं संस्करण दशरथ रंगशालामा भदौ २१ देखि असोज ३ सम्म हुनेछ । प्रतियोगिताको दुवै सेमिफाइनल भदौ ३१ मा हुनेछ । असोज ३ उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।