नेपालको केन्या भ्रमण

नेपाल पराजित

काठमाडौं । ट्वान्टी २० श्रृंखलाकाे चाैथाे खेलमा नेपाल केन्यासँग ७ रनले पराजित भएकाे छ।

नाैरवीस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिला फिल्डिङकाे निम्ताे पाएकाे नेपालले एक सय दुई रनकाे विजयी लक्ष्य पाएकाे थियाे । 

नेपालले २० ओभरमा सबै विकेट गुमाउँदै ९४ रन मात्रै बनायो । नेपालका लागि राेहित पाैडेलले ४७ रन बाहेक अन्य ब्याटरले दाेहाेराे अंकमा रन बनाउन सकेनन् । नेपालका आदिल आलमले ८ रन बनाउँदा अर्जुन साउद, ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीले समान ६ रन बनाए ।

केन्याकाे वलिङमा राखेप पट्टेलले सर्वाधिक ३ विकेट लिए । एलिज ओटिन्हाे सेम एन्गाेचे र भिराज पट्टेलले समा दुई विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङमा आएको केन्याले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय एक रनको योगफल तयार गरेको थियो ।

केन्याका लुकास ओलुओचले सर्वाधिक ३३ रन बनाएका थिए । उनले १८ बलमा तीन चौका र तीन छक्का प्रहार गरेका थिए । यस्तै, ओपनर कोलिन्स ओबुयाले २० र कप्तान सेम एन्गोचेले १३ रन बनाएका थिए ।

नेपालका कप्तान सन्दीप लामिछानले सर्वाधिक पाँच विकेट लिएका थिए । सन्दीपले चार ओभरमा मात्र नौ रन खर्चिएका थिए । 

यसबाहेक, मोहम्मद आदिल अन्सारीले दुई विकेट लिँदा साहब आलम र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट हात पारेका थिए ।

पाँच खेलकाे शृङ्खलामा पहिलाे खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएकाे थियाे । भने दाेस्राे खेलमा १८ रनकाे हार बेहाेरेकाे थियाे । तेस्राे खेलमा ४ विकेटकाे जित निकालेकाे नेपाललाई आजकाे जितले एक खेल अगावै शृंखला जित्ने अवसर थियो ।