एन्फा

एन्फालाई ७ हजार डलर जरिवाना

क्वालालम्पुर । एसियाली फुटबलको सर्वोच्च निकाय एसियन फुटबल फेडेरेशन (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई जरिवाना लगाएको छ ।

एएफसीले एएफसी छनोटको तेस्रो चरणअन्तर्गत इन्डोनेसियाविरुद्धको खेलमा नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी एक खेलमा प्रतिबन्धमा परेको भए पनि ड्रेसिङ रुममा र मैदानको टेक्निकल लाइनमा पुगेको भन्दै ६ हजार अमेरिकी डलर जरिवाना तिराएको हो । छनोटमा अल्मताइरीले धारा २१.१ को उल्लंघन गरेको आरोप लगाएको छ ।

इन्डोनेसियाको खेलअघि भएको जोर्डन र कुवेतसँगको खेलमा पहेलो कार्डको दर्शन गरेपछि अल्मुताइरी तेस्रो खेलमा प्रतिबन्धमा परेका थिए ।

यस्तै, इन्डोनेसियाविरुद्धको पहिलो हाफ सुरु गर्न ढिलो गरेको कारण एक हजार डलर जरिवाना लगाएको हो । त्यसमध्ये दुई सय ५० डलर ९० दिनभित्र तिर्न पर्ने बाँकी सात सय ५० सय डलर भने आगामी दुई वर्षभित्र यस्तै प्रकृतीका घटना नदोहोरिए तिर्न नपर्ने एएफसीले जनाएको छ ।

अनुशासन र इथिक्स कोडको धारा ११.३ अनुसार एएफसीले एक हजार पाँच डलर तिर्नका लागि ९० दिनको समय दिएको छ ।

एएफसीले एन्फाबाट आगामी दिनमा यस्तै प्रकृतीका घटना दोहोरिएमा अझ कडा कारवाही गर्ने चेतावनी समेत दिएको छ ।