नेपालको केन्या भ्रमण

केन्याविरुद्ध नेपाल फिल्डिङमा

नौरबी । केन्याविरुद्धको तेस्रो ट्वान्टी २० खेलमा नेपालले घरेलु टिमविरुद्ध पहिले  फिल्डिङ गर्ने भएको छ ।

केन्याको राजधानी नौबरीस्थित जिमखाना क्रिकेट मैदानमा भएको टस जितेपछि केन्याले टस जितेर ब्याटिङको निर्णय गर्यो । नेपाली टिममा मुख्य प्रशिक्षक मनोज प्रभाकरले खेलकै पहिलो रोजाईलाई निरन्तरता दिएका छन् ।

नेपालले केन्यासँग पाँच खेलको ट्वान्टी २० र तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ ।

नेपालले शृंखलामा २–१ को अग्रता बनाएको छ ।

शृंखलाअन्तर्गत भएको पहिलो खेलमा नेपालले केन्यालाई पाँच विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा १८ रनले नतिजा सुम्पिएको नेपालले तेस्रो खेलमा चार विकेटको जित निकालेको थियो ।