चैत्र १४, २०८२ शनिबार | ०७:१२:५८
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

साफ महिला च्याम्पियनसिपको भेन्यु मेनेजरबाट चन्दको राजीनामा

काठमाडौं । आसन्न साफ महिला च्याम्पियनसिपको भेन्यु मेनेजर रबिन्द्र चन्दले राजीनामा दिएका छन् । अखिल नेपाल फुटबल संघ (संघ)को साउन २६ गते बसेको बैठकले भदौ २१ गतेदेखि हुने महिला साफको भेन्यु मेनेजरमा कार्यसमिति सदस्य चन्दलाई नियुक्त गरेको थियो ।

तर, प्रतियोगिता सुरु हुन करिब एक साता मात्रै बाँकी रहँदा चन्दले राजीनामा दिएका हुन् । ‘भेन्यु म्यानेजर चन्दले ई–मेलमार्फत अध्यक्ष (पंकजविक्रम नेम्वाङ) ज्युलाई र महासचिव किरण राई, र साफ महिला च्याम्पियनसिप आयोजक समितिका संयोजक (वीर बहादुर खड्का)लाई ‘सिसी’ गरेर आइतबार राजीनामा दिनुभएको हो,’ स्रोतले खेलाडीलाई भन्यो ।

सुर्खेत जिल्ला फुटबल संघका अध्यक्षसमेत रहेका चन्द असार ६ गते सम्पन्न एन्फाको निर्वाचनमा नेम्वाङकै प्यानलबाट सदस्यमा निर्वाचित भएका थिए । तर, पछिल्लो समय एन्फा भित्रको आन्तरिक शक्ति–संघर्षले कार्यसमितिलाई धेरै चिरामा विभाजित गरेको छ । चन्दको राजीनामा पनि त्यस्तै शक्ति–संघर्षको परिणाम भएको जानकारहरु बताउँछन् ।

दशरथ रंगशालामा हुने महिला साफका लागि भुटान र पाकिस्तानको टिम नेपाल आइसकेका छन् । नेपाली टिमका मुख्य प्रशिक्षक कुमार थापाले पनि साफका लागि २३ सदस्यीय टिम घोषणा गरिसकेका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो