बिग बास लिग

वार्नर ९ वर्षपछि बिबिएलमा फर्किए

मेलबर्न । अस्ट्रेलियन ओपनर ब्याटर डेविड वार्नर ९ वर्षपछि घरेलु क्रिकेट बिग बास लिग (बिबिएल) मा फर्किएका छन् ।

वार्नरले बिबिएल क्लब सिड्नी थन्डर्ससँग दुई वर्षको सम्झौता गरेका हुन् । वार्नरले यसअघि सन् २०१३ मा बिबिएल खेलेका थिए ।

उनले पुनः बिबिएल खेल्ने आफ्नो निर्णयमा परिवारको महत्वपूर्ण सहयोग भएको बताए ।

३५ वर्षीय वार्नरले अस्ट्रेलियाका लागि ९६ टेस्ट, एक सय ३३ एकदिवसीय र ९१ ट्वान्टी २० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् ।

‘म बिग बासमा पुनः फर्किन उत्साहित छु । त्यही क्लब जहाँबाट मैले क्रिकेट सुरु गरेको थिए,’ वार्नरले भने ।