पुस २६, २०८२ आइतबार | ०३:४३:४५
केभिआर समिट च्यालेन्ज ४ मा मिलान र सोनिया च्याम्पियन न्यु डायमण्ड च्याम्पियन साफ फुटसल च्याम्पियनसिपः भावी पुश्ताका लागि खेल्दै नेपाली टोली, नयाँ अध्यायको आशा अनुभवी र युवा खेलाडीले सन्तुलित नेपाली टोली समस्या नै समस्यामा इङ्ल्यान्ड जेद्दामा ‘एल क्लासिको’ भूराजनीतिको सिधा असर खेलमा, किन चिसियो भारत–बंगलादेशको क्रिकेट सम्बन्ध ? अञ्जिलाको सेथुले आइलिगमा सातौँ खेल खेल्दै रोकियो एसि मिलान लिभरपुल र आर्सनलले अंक बाढे केभिआर समिट च्यालेन्ज ४ मा मिलान र सोनिया च्याम्पियन न्यु डायमण्ड च्याम्पियन साफ फुटसल च्याम्पियनसिपः भावी पुश्ताका लागि खेल्दै नेपाली टोली, नयाँ अध्यायको आशा अनुभवी र युवा खेलाडीले सन्तुलित नेपाली टोली समस्या नै समस्यामा इङ्ल्यान्ड जेद्दामा ‘एल क्लासिको’ भूराजनीतिको सिधा असर खेलमा, किन चिसियो भारत–बंगलादेशको क्रिकेट सम्बन्ध ? अञ्जिलाको सेथुले आइलिगमा सातौँ खेल खेल्दै रोकियो एसि मिलान लिभरपुल र आर्सनलले अंक बाढे

माइक टाइसन– बक्सिङ दुनियाका ‘ब्याड म्यान’

न्युयोर्क । विश्वका महान् बक्सरमध्येका एक माइक टाइसनको स्वास्थ्य पछिल्लो समय निकै खराब बन्दै गएको छ ।

सुन्दा आश्चर्य लाग्ला तर, ५६ वर्षीय टाइसनको स्वास्थ्य अवस्था बिग्रँदै जानुमा अत्याधिक गाँजा सेवन प्रमुख तत्व हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले खुलाएअनुसार टाइसनले आफ्नो चार सय २० एकड जमिनमा गाँजा खेती गर्छन् र यसका लागि उनले कानूनी रुपमा स्वीकृती पनि लिएका छन् ।

माइक टाइसनका नामले विश्व प्रसिद्द रहे पनि उनको पूरा नाम भने माइकल जेरार्ड टाइसन हो । टाइसनको जन्म न्युर्योकको ब्रुकलिनमा सन् १९९६ जुन ३० मा भएको थियो ।

सानैदेखि कुलतमा फसेका टाइसन अत्याधिक माद्यक पदार्थ सेवन गर्थे । अस्पष्ट (तोते) बोलीका कारण केही मानिसहरु टाइसनको मजाक उठाउथे ।

टाइसन आफ्नो मजाक उठाउनेहरुसँग झगडा गर्न पछि पर्दैन थिए । जसका कारण उनी बेला बेला प्रहरीको फन्दा पनि पर्ने गर्थे । कतिसम्म भने उनी १३ वर्षको उमेरसम्म ३८ पटक गिरफ्तारमा परिसकेका थिए ।

टाइसनको बक्सिङ प्रतिभा पहिचान गर्ने व्यक्तिको नाम बबी स्टुड थियो । उनले नै सुरुमा केही महिनासम्म टाइसनलाई प्रशिक्षण् दिएका थिए । स्टुडले पछि टाइसनलाई त्यसबेलाका चर्चित अमेरिकी बक्सर कस डिअमाटोसँग भेट गराए, जो एक प्रशिक्षक र व्यवस्थापक पनि थिए । डिअमाटोसँगको भेट टाइसनको लागि ‘टर्निङ प्वाइन्ट’ बन्यो । यसपछि टाइसनले बक्सिङ दुनियामा पछाडी फर्केर हेर्नु परेन ।

फलतः टाइसले सन् १९८१ र १९८२ को जुनियर ओलम्पिक गेमसमा स्वर्ण पदक जिते । यसपछि सन् १९८४ मा टाइसनले न्युर्योकमा आयोजित ‘नेशन गोल्डेन ग्लब्स’ मा जोनाथन लिटालाई पराजित गर्दै स्वर्ण पदक जिते ।

किशोरावस्थादेखि नै बक्सिङमा नाम बनाउन थालेका टाइसनले १८ वर्षको उमेरदेखि व्यवसायिक बक्सिङको सुरुआत गरे ।

२० वर्षको उमेरमा विश्व कीर्तिमान

सन् १९८७ मा टाइसनले सबैभन्दा कम उमेरमा हेभिवेट च्याम्पियन बनेर कीर्तिमान बनाए । यस बेला उनी २० वर्षको मात्र थिए । टाइसनले एक व्यवसायिक बक्सरको रुपमा ५८ बक्सिङ प्रतिस्पर्धामा भाग लिए । जसमध्ये ५० खेलमा जित हासिल गरे । केही विवादका बावजुद उनको बक्सिङ करियर सानदार थियो ।

विवादमा पनि डटिरहे

बक्सिङमा चर्चाका साथसाथै टाइसन लगातार विवादमा पनि रहे । सन् १९९२ मा टाइसनलाई बलात्कारको दोषी ठहर्याई ६ वर्षको सजाय सुनाइयो । यद्यपि, तीन वर्ष पछि नै उनी रिहा भए । सन् १९९७ मा टाइसनले रिसका झोँकमा विपक्षी बक्सर इवान्डर हलिफिल्डको कान नै टोकिदिएका थिए । उनको टोकाई यति शक्तिशाली थियो कि हलिफिल्डको कानको केही टुक्रा बक्सिङ रिङमा झरेको थियो ।

बहुविवाह

टाइसनको नीजि जीवन सफल रहेन । टाइसनले तीन विवाह गरेका छन् र उनका आठ सन्तान छन् । उनले सन् १९८८ मा अभिनेत्री रविन गिवेन्ससँग पहिलो विवाह गरे । तर, एक वर्षपछि नै दुवै अलग भए । टाइसनले सन् १९९७ मा मोनिका टर्नरसँग दोस्रो विवाह गरे । जो पेसाले एक डाक्टर थिइन् । सन् २००३ मा मोनिका पनि टाइसनबाट अलग भइन् । सन् २००९ मा टाइसनले एल स्पाइसरसँग तेस्रो विवाह गरे । हाल दुवैजना संगै छन् ।

संन्यास

सन् २००५ मा ड्यानी विलियम्स र केविन म्याकब्राइडसँग पराजित भएपछि टाइसनले बक्सिङ करियरबाट विदा लिने निर्णय गरे । आफ्नो खराब आचरणका कारण विवादमा रहे पनि बक्सिङ रिङमा उनको प्रभाव बेग्लै थियो । रिङमा सानदार छविका कारण टाइनसले ‘आइरन माइक’, ‘किड डाइनामाइट’ र द ब्याडेस्ट म्यान अन द प्लानेट’ जस्ता उपनाम पनि पाए ।


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||