फाल्गुन २८, २०८२ बिहीबार | १५:३७:४६
सहिद स्मारक महिला लिगको खेलतालिका सार्वजनिक, सबै खेल च्यासल रंगशालामा विश्वकप विजेता हार्दिकविरुद्ध प्रहरीमा उजुरी काँक्रे बिहारलाई हराउँदै दोस्रो स्थानमा उक्लियो चर्च ब्वाइज उपाधी अभियानमा रहेको पञ्जाबको पहिलो खेल गुजरातसँग कीर्तिपुर र सोलो विजयी चेल्सीविरुद्ध पिएसजी हाबी रियाल मड्रिडले सिटीलाई हरायो थ्री स्टारले एन्फा पुगेर मताधिकार दाबी गर्यो जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने सहिद स्मारक महिला लिगको खेलतालिका सार्वजनिक, सबै खेल च्यासल रंगशालामा विश्वकप विजेता हार्दिकविरुद्ध प्रहरीमा उजुरी काँक्रे बिहारलाई हराउँदै दोस्रो स्थानमा उक्लियो चर्च ब्वाइज उपाधी अभियानमा रहेको पञ्जाबको पहिलो खेल गुजरातसँग कीर्तिपुर र सोलो विजयी चेल्सीविरुद्ध पिएसजी हाबी रियाल मड्रिडले सिटीलाई हरायो थ्री स्टारले एन्फा पुगेर मताधिकार दाबी गर्यो जगजीतको गोलमा हारबाट जोगियो सातदोबाटो आइपिएलको पहिलो खेलमा बेंगलुरु र हैदराबाद भिड्ने

माइक टाइसन– बक्सिङ दुनियाका ‘ब्याड म्यान’

न्युयोर्क । विश्वका महान् बक्सरमध्येका एक माइक टाइसनको स्वास्थ्य पछिल्लो समय निकै खराब बन्दै गएको छ ।

सुन्दा आश्चर्य लाग्ला तर, ५६ वर्षीय टाइसनको स्वास्थ्य अवस्था बिग्रँदै जानुमा अत्याधिक गाँजा सेवन प्रमुख तत्व हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले खुलाएअनुसार टाइसनले आफ्नो चार सय २० एकड जमिनमा गाँजा खेती गर्छन् र यसका लागि उनले कानूनी रुपमा स्वीकृती पनि लिएका छन् ।

माइक टाइसनका नामले विश्व प्रसिद्द रहे पनि उनको पूरा नाम भने माइकल जेरार्ड टाइसन हो । टाइसनको जन्म न्युर्योकको ब्रुकलिनमा सन् १९९६ जुन ३० मा भएको थियो ।

सानैदेखि कुलतमा फसेका टाइसन अत्याधिक माद्यक पदार्थ सेवन गर्थे । अस्पष्ट (तोते) बोलीका कारण केही मानिसहरु टाइसनको मजाक उठाउथे ।

टाइसन आफ्नो मजाक उठाउनेहरुसँग झगडा गर्न पछि पर्दैन थिए । जसका कारण उनी बेला बेला प्रहरीको फन्दा पनि पर्ने गर्थे । कतिसम्म भने उनी १३ वर्षको उमेरसम्म ३८ पटक गिरफ्तारमा परिसकेका थिए ।

टाइसनको बक्सिङ प्रतिभा पहिचान गर्ने व्यक्तिको नाम बबी स्टुड थियो । उनले नै सुरुमा केही महिनासम्म टाइसनलाई प्रशिक्षण् दिएका थिए । स्टुडले पछि टाइसनलाई त्यसबेलाका चर्चित अमेरिकी बक्सर कस डिअमाटोसँग भेट गराए, जो एक प्रशिक्षक र व्यवस्थापक पनि थिए । डिअमाटोसँगको भेट टाइसनको लागि ‘टर्निङ प्वाइन्ट’ बन्यो । यसपछि टाइसनले बक्सिङ दुनियामा पछाडी फर्केर हेर्नु परेन ।

फलतः टाइसले सन् १९८१ र १९८२ को जुनियर ओलम्पिक गेमसमा स्वर्ण पदक जिते । यसपछि सन् १९८४ मा टाइसनले न्युर्योकमा आयोजित ‘नेशन गोल्डेन ग्लब्स’ मा जोनाथन लिटालाई पराजित गर्दै स्वर्ण पदक जिते ।

किशोरावस्थादेखि नै बक्सिङमा नाम बनाउन थालेका टाइसनले १८ वर्षको उमेरदेखि व्यवसायिक बक्सिङको सुरुआत गरे ।

२० वर्षको उमेरमा विश्व कीर्तिमान

सन् १९८७ मा टाइसनले सबैभन्दा कम उमेरमा हेभिवेट च्याम्पियन बनेर कीर्तिमान बनाए । यस बेला उनी २० वर्षको मात्र थिए । टाइसनले एक व्यवसायिक बक्सरको रुपमा ५८ बक्सिङ प्रतिस्पर्धामा भाग लिए । जसमध्ये ५० खेलमा जित हासिल गरे । केही विवादका बावजुद उनको बक्सिङ करियर सानदार थियो ।

विवादमा पनि डटिरहे

बक्सिङमा चर्चाका साथसाथै टाइसन लगातार विवादमा पनि रहे । सन् १९९२ मा टाइसनलाई बलात्कारको दोषी ठहर्याई ६ वर्षको सजाय सुनाइयो । यद्यपि, तीन वर्ष पछि नै उनी रिहा भए । सन् १९९७ मा टाइसनले रिसका झोँकमा विपक्षी बक्सर इवान्डर हलिफिल्डको कान नै टोकिदिएका थिए । उनको टोकाई यति शक्तिशाली थियो कि हलिफिल्डको कानको केही टुक्रा बक्सिङ रिङमा झरेको थियो ।

बहुविवाह

टाइसनको नीजि जीवन सफल रहेन । टाइसनले तीन विवाह गरेका छन् र उनका आठ सन्तान छन् । उनले सन् १९८८ मा अभिनेत्री रविन गिवेन्ससँग पहिलो विवाह गरे । तर, एक वर्षपछि नै दुवै अलग भए । टाइसनले सन् १९९७ मा मोनिका टर्नरसँग दोस्रो विवाह गरे । जो पेसाले एक डाक्टर थिइन् । सन् २००३ मा मोनिका पनि टाइसनबाट अलग भइन् । सन् २००९ मा टाइसनले एल स्पाइसरसँग तेस्रो विवाह गरे । हाल दुवैजना संगै छन् ।

संन्यास

सन् २००५ मा ड्यानी विलियम्स र केविन म्याकब्राइडसँग पराजित भएपछि टाइसनले बक्सिङ करियरबाट विदा लिने निर्णय गरे । आफ्नो खराब आचरणका कारण विवादमा रहे पनि बक्सिङ रिङमा उनको प्रभाव बेग्लै थियो । रिङमा सानदार छविका कारण टाइनसले ‘आइरन माइक’, ‘किड डाइनामाइट’ र द ब्याडेस्ट म्यान अन द प्लानेट’ जस्ता उपनाम पनि पाए ।


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||