एसिया कप क्रिकेट

‘भारत–पाकिस्तानको खेललाई गम्भिर बनाउन चाहँदैनौं’

नयाँ दिल्ली । भारतका कप्तान रोहित शर्माले समर्थकहरुका लागि भारत पाकिस्तानको खेल सँधै विशेष हुने भए पनि यसलाई आफूले गम्भिर विषय नबनाउने बताएका छन् ।

भारत र पाकिस्तानबीचको राजनीतिक टकरावको प्रभाव क्रिकेटसँगै बाँकी खेलहरुमा पनि देखिन्छ । यसैकारण यी दुई टिमबीचको खेल समर्थकहरुका लागि सँधै विशेष हुने गर्दछ ।

एसिया कपअघि क्रिकइन्फोसँगको अन्तरवार्तामा रोहितले पाकिस्तानसँगको खेललाई गम्भिर नबनाउने बताएका हुन् ।

‘भारत पाकिस्तानबीचको खेल सँधै रोमाञ्चक हुने गर्दछ । यो दिन भारत पाकिस्तानका सबै समर्थक टेलिभिजन अघि बसेका हुन्छन् । र, निकै दबाबमुलक खेल पनि हो,’ रोहितले भने, ‘तर, हामी खेलका दौरान वातावरणलाई सामान्य बनाउन खोजिरहेका हुन्छौं । हामी यस खेललाई गम्भिर बनाउन चाहदैनौं । समर्थकहरुले जसरी लिए पनि हाम्रो लागि यो एक क्रिकेटको खेल मात्र हो ।’

एसिया कपमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । भारत र पाकिस्तानबीच अगस्ट २८ मा खेल हुने तालिका छ । प्रतियोगितामा दुवै टिमको यो पहिलो खेल हुनेछ ।