आइसिसी वरीयता

दीपेन्द्र ट्वान्टी २० अलराउन्डर वरीयताको आठौं स्थानमा

दुबई । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी ट्वान्टी २० अलराउन्डर वरीयताको आठौं स्थानमा उक्लिएका छन् ।

बुधबार आइसिसीले जारी गरेको वरीयताअनुसार दीपेन्द्र ट्वान्टी २० अलराउन्डरको आठौं स्थानमा उक्लिएका हुन् । 

दीपेन्द्र हासिल गरेको यो वरीयता हालसम्म कुनै पनि नेपाली खेलाडीको अहिलेसम्मकै उत्कृष्ट स्थान हो । यसअघि दीपेन्द्र नै वरीयताको १०औं स्थानमा थिए ।

यस्तै, नेपाली टिमका कप्तान सन्दीप लामिछाने ट्वान्टी २० बलिङ वरीयताको ४१औं र एकदिवसीय बलिङ वरीयताको ३४औं स्थानमा छन् । ट्वान्टी २० बलिङ वरीयतामा सन्दीपबाहेक नेपालका अभिनाश बोहरा ९४औं स्थानमा छन् ।

यस्तौ, एकदिवसीय बलिङ वरीयतामा भने सोमपाल कामी ९२औं र करण केसी ९३औं स्थानमा छन् । ट्वान्टी २० ब्याटिङ वरीयतामा नेपाली ब्याटर कुशल भुर्तेल ३८औं, दीपेन्द्रसिंह ऐरी ४१औं र आसिफ शेख ९८औं स्थानमा छन् ।