एन्फा कार्यसमिति बैठक

भोलि बस्ने एन्फा कार्यसमिति बैठकमा चार एजेन्डा थप

काठमाडौं । बिहीबार बस्ने अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठकमा थप चार एजेन्डा समावेश भएका छन् ।

एन्फा कार्यसमितिको बैठक भोलि १० बजे एन्फा कम्प्लेक्समा बस्दैछ । यसका लागि एन्फाले पुरस्कार राशी सम्बन्धमा, महिला नकआउट प्रतियोगिता सम्बन्धमा, ग्रासरुट्स तथा महिला फुटबल एकेडेमी सञ्चालन सम्बन्धमा र फिफा डे मा राष्ट्रिय महिला टिमको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सम्बन्धमा एजेन्डा थपिएका छन् ।

यसअघि एन्फा कार्यसमिति बैठकका लागि १२ वटा एजेन्डा तय गरेको थियो । तर, उपाध्यक्ष कुमार केसीले बैठका लागि पठाएका पाँच एजेन्डा पनि थपिएका थिए । भोलि बस्ने बैठकका लागि अर्का उपाध्यक्ष दीपक खतिवडाले थप एक एजेन्डा थपेका थिए ।

यस्तै, महिला सदस्य पेमा लामाले चार एजेन्डा थपेसँगै बिहीबारको बैठकमा २२ एजेन्डामा छलफल हुनेछ ।