एसिया कप क्रिकेट

एसिया कप छनोट ओमानमा हुने

मस्कट । आसन्न एसिया कप २०२२ को छनोट प्रतियोगिता ओमानले आयोजना गर्ने भएको छ ।

एसियन क्रिकेट काउन्सिलले बुधबार एसिया कपको छनोट प्रतियोगिता २० अगस्टदेखि २४ अगस्टसम्म ओमानमा हुने जनाएको हो । संयुक्त अरब इमिरेट्स (युएई) मा हुने एसिया कपमा बाँकी रहको एक स्थानका लागि युएई, कुवेत, हङकङ र सिंगापुरले प्रतिस्पर्धा गर्नेछन् ।

एसिया कपमा कुल ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानले सोझै प्रतियोगिता खेल्नेछन् ।

एसिया कप अगस्ट २७ देखि सेप्टेम्बर ११ सम्म हुनेछ ।