मुम्बई इन्डियन्स

मुम्बईद्वारा दुई नयाँ विदेशी फ्रेन्चाइज टिमको नाम सार्वजनिक

मुम्बई । इन्डियन प्रिमियर लिग (आइपिएल) को सर्वाधिक सफल टिम मुम्बई इन्डियन्सले भारत बाहिर किनेको दुई फ्रेन्चाइज टिमको नाम सार्वजनिक गरेको छ ।

यसअघि मुम्बईले संयुक्त अरब इमिरेट्स (युएई) र दक्षिण अफ्रिकामा हुने ट्वान्टी २० लिगका टिम किनेको थियो । मुम्बईले सामाजिक सञ्जालमा एक भिडियो शेयर गर्दै टिमको नाम र लोगो सार्वजनिक गरेको छ ।

मुम्बईले युएईमा हुने ट्वान्टी २० लिगमा टिमको नाम ‘एमआई अमेरत’ राखेको छ । यस्तै, मुम्बईले दक्षिण अफ्रिकी टिमको नाम ‘एमआई केपटाउन’ राखेको छ ।

आइपिएलमा सर्वाधिक सफल टिम रुपमा उभिएको मुम्बई हालसम्म पाँच पटक यसको उपाधि जितेको छ । जसमा पाँचै पटक रोहित शर्माले टिमको कप्तानी सम्हालेका थिए ।