ट्वान्टी२० शृंखला

वेस्ट इन्डिजको सहज जित

लन्डन । ओवेड  म्याककोएको ६ विकेटप्रेरित वेस्ट इन्डिजले सोमबार दोस्रो ट्वान्टी२० खेलमा भारतलाई पाँच विकेटले हराएको छ ।

पहिलो खेल भारतले जितेको थियो । यस जितसँगै वेस्ट इन्डिजले पाँच खेलको शृंखला १-१ को बराबरीमा ल्याएको छ ।

भारतले प्रस्तुत गरेको एक सय ३९ रनको लक्ष्य वेस्ट इन्डिजले १९.२ ओभरमा मात्र पाँच विकेटको क्षतीमा पूरा गरेको थियो ।

वेस्ट इन्डिजका लागि ओपनर ब्रान्डन किंगले ६८ र देभोन थोमसले अविजित ३१ रन जोडे । किंगले ५२ बलमा आठ चौका र दुई छक्का प्रहार गर्दा थोमसले १९ बलमा एक चौका र दुई छक्का प्रहार गरे ।

भारतका रबिन्द्र जडेजा, रविचन्द्र आश्विन, आभेष खान, अर्शदिप सिंह र हार्दिक पाण्डेयाले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङका लागि आएको भारत १९.४ ओभरमा मात्र एक सय ३८ रनमा सीमित भएको थियो ।

भारतका लागि पाण्डेयाले ३१, जडेजाले २७ र ऋषभ पन्तले २४ रन जोडे । पाण्डेयाले ३१ बलमा एक चौका र दुई छक्का प्रहार गरे । 

वेस्ट इन्डिजका म्याककोएले ४ ओभरमा एक मेडनसहित १७ रन खर्चदै ६ विकेट लिए । वेस्ट इन्डिजबाट ट्वान्टी२० खेलको एकै इनिङमा ६ विकेट लिने उनी पहिलो खेलाडी बने । सन् २०१८ मा किमो पाउलले बंगलादेशविरुद्ध १५ रन खर्चदै पाँच विकेट लिएका थिए ।