औंलाको चोटका कारण सुन्दरले आइपिएलको दोस्रो हाफ गुमाउने

नयाँ दिल्ली, (खेलाडी)- रोयल च्यालेन्जर्स बेङलोरका अलराउन्डर वासिङटन सुन्दर औलाको चोटका कारण इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को दोस्रो हाफमा अनुपस्थित हुने भएका छन् । 

बेङगालका मध्यम गतिका नेट बलर आकाश दीपलाई सुन्दरको सट्टा टिममा समावेश गरिएको छ । 

कोभिड १९ महामारीका कारण विश्व क्रिकेटको सबभन्दा ठूलो फ्रेन्चाइज लिग स्थगित हुनुअघि सुन्दरले बेङलोरका लागि ६ खेलमा तीन विकेट लिएका थिए । विराट कोहलीको नेतृत्वमा रहेको टिममा २०१८ मा अनुबन्धित भएयता अफस्पिनर सुन्दरले कुल ३२ खेलमा १९ विकेट लिएका छन् । 

दीपले बेङगालका लागि २०२१ को सइद मुस्ताक अली ट्रफीमा पाँच खेलमा सात विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडीको सुचीमा दोस्रो स्थान हासिल गरेका थिए । २४ वर्षे बलरले १५ ट्वान्टी २० खेलमा १६.५८ को औसतमा कुल २१ विकेट लिएका छन् ।