एसिया कप

नेपाललाई अवसर

काठमाडौं । एसिसी महिला ट्वान्टी २० च्याम्पियनसिपको सेमिफाइनलमा आज युएईको सामना गर्दा नेपालसामु एसिया कपमा स्थान बनाउने सुनौलो अवसर हुनेछ । 

प्रतियोगिताको विजेता र उपविजेता एसिया कपका लागि छनोट हुनेछन् । खेल बिहान ८ः१५ बजेबाट सुरु हुनेछ । 

समूह ‘बी’ मा रहेको नेपाल उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको थियो । समूह ‘बी’ बाट हङकङ विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो ।

युएई भने समूह ‘ए’ को विजेता हो । यस समूहबाट मलेसिया उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको थियो । 

समूह चरणका चार मध्ये तीन खेल जित्ने क्रममा नेपालले भुटान, कुवेत र बहराइनलाई हराएको थियो भने समूह विजेताका लागि भएको भिडन्तमा हङकङलाई नतिजा सुम्पिएको थियो ।

ट्वान्टी २० क्रिकेटमा नेपाल र युएई अहिले सम्म तीन पटक आमने सामने भएका छन् । जसमा नेपालले दुई खेल जितेको छ भने एक खेलमा नतिजा सुम्पिएको छ ।