पुस १७, २०८२ शुक्रबार | ०६:३९:११
सेमिफाइनलका चारै खेल आज एनफिल्डमा लिड्सलाई एक अंक सिटीले गुमायो अंकदूरी घटाउने अवसर एनभिए च्याम्पियनसिपः खिल्जीलाई हराउँदै आर्मी सेमिफाइनलमा एमेच्योर राहुललाई सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि एनभिए च्याम्पियनसिपः रुकुम पश्चिम सेमिफाइनलमा, एपिएफ बाहिरियो एनभिए च्याम्पियनसिपः सेमिफाइनलमा पुलिस र हेल्प नेपाल भिड्ने रुपेशले फ्रेन्ड्सबाटै खेल्ने अफ्रिका कप अफ नेसन्सः प्रिक्वार्टरफाइनल पुग्ने १६ राष्ट्रको लाग्यो टुंगो विश्वकपको लागि अस्ट्रेलियन टोली घोषणा सेमिफाइनलका चारै खेल आज एनफिल्डमा लिड्सलाई एक अंक सिटीले गुमायो अंकदूरी घटाउने अवसर एनभिए च्याम्पियनसिपः खिल्जीलाई हराउँदै आर्मी सेमिफाइनलमा एमेच्योर राहुललाई सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि एनभिए च्याम्पियनसिपः रुकुम पश्चिम सेमिफाइनलमा, एपिएफ बाहिरियो एनभिए च्याम्पियनसिपः सेमिफाइनलमा पुलिस र हेल्प नेपाल भिड्ने रुपेशले फ्रेन्ड्सबाटै खेल्ने अफ्रिका कप अफ नेसन्सः प्रिक्वार्टरफाइनल पुग्ने १६ राष्ट्रको लाग्यो टुंगो विश्वकपको लागि अस्ट्रेलियन टोली घोषणा

राष्ट्रिय टोली विवादः खेलाडी फिर्ता, प्रशिक्षक बाईबाई !

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को नवनिर्वाचित कार्यसमितिले ‘निष्कासित राष्ट्रिय टोलीका खेलाडीलाई ससम्मान टिममा फर्काउने’ निर्णय गरेसँगै वैशाख दोस्रो साता सुरु खेलाडी–प्रशिक्षक विवादले करिब निकास पाउने भएको छ ।

सोमबार सम्पन्न एन्फाको साधारणसभाले पंकजविक्रम नेम्वाङको अध्यक्षतामा चार वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति निर्वाचित गरेको थियो । नयाँ कार्यसमितिको बुधबार बसेको पहिलो बैठकले छानबिन समितिको प्रतिदेवनका आधारमा खेलाडी फर्काउने र प्रशिक्षकको पनि विकल्प खोज्ने निर्णय गरेको थियो ।

एन्फाको यो निर्णयले तीन महिना बिदामा रहेका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको नेपाली फुटबलसँगको सहकार्यमा पूर्णविराम लगाउने संकेत दिएको छ ।

कुवेती नागरिक अल्मुताइरीले २०७७ साल चैत २२ देखि मुख्य प्रशिक्षकका रूपमा नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको नेतृत्व सम्हालेका थिए । त्यसपछि उनी लगातार चर्चामा छन् । सामाजिक सन्जालको भीड आफूतिर आकर्षित गर्न चतुर प्रशिक्षक अल्मुताइरी एन्फा निर्वाचनकै दिन पनि चर्चा कमाउनबाट पछि हटेनन् । अध्यक्षमा नेम्वाङ निर्वाचित हुनेबित्तिकै सामाजिक सन्जालमा नेपाल नफर्किने संकेत गर्दै लेखेको पोस्ट केहीबेरमै हटाएका थिए ।

उनको कार्यकालमा नेपालले हासिल गरेका केही ऐतिहासिक सफलता र समय–समयमा बाहिरिने उनका विवादास्पद अभिव्यक्तिले पछिल्लो डेढ वर्ष उनलाई निरन्तर चर्चामा राखिरह्यो । उनकै नेतृत्वमा गत वर्ष माल्दिभ्समा सम्पन्न दक्षिण एसियाको प्रतिष्ठित फुटबल साफ च्याम्पियनसिपको फाइनल पुग्नु नेपालका लागि विशेष उपलब्धि रह्यो । तर, उनीसँग जोडिएको पछिल्लो विवादले भने नेपाली फुटबलमा भुइँचालो ल्यायो । जब उनले राष्ट्रिय टिमका प्रमुख १० खेलाडीलाई क्याम्पबाटै हटाइदिए ।

एसियन कप छनोटको तेस्रो चरणको तयारीका लागि बन्द प्रशिक्षण सुरु भइसकेको थियो । केही खेलाडी एन्फाको होस्टेलमा थिए भने केही आफ्नै घरमा । तर, एन्फाको होस्टेलमा आधारभूत आवश्यकतासमेत नभएकाले खेलाडीले होटलमा राख्न माग गरेका थिए । त्यही माग राख्न खेलाडीको प्रतिनिधित्व गर्दै प्रशिक्षक अल्मुताइरीसँग पुगेका रोहित चन्दलाई उनले तुरुन्तै टिमबाट हटाएका थिए ।

त्यसपछि आधारभूत आवश्यकताको विषयमै कुरा राखेका कारण थप ९ सिनियर खेलाडीलाई पटक–पटक प्रशिक्षण सिविर छाड्न भनेपछि उनीहरू पनि टिमबाट बाहिरिऐका थिए ।  त्यसमा सुजल श्रेष्ठ, विमल घर्तीमगर, सुमन लामा, अञ्जन विष्ट, दिनेश राजवंशी, अनन्त तामाङ, विशाल राई, विशाल श्रेष्ठ र तेज तामाङ थिए । त्यतिबेलासम्म राष्ट्रिय टिमबाट हटाएका खेलाडी संख्या १० पुगिसकेको थियो ।

व्यावसायिक फुटबलका लागि माल्दिभ्समा रहेका तत्कालीन कप्तान किरण चेम्जोङले पनि सामाजिक सन्जालमार्फत आफ्ना सहकर्मी साथीहरूकै साथ दिए । त्यसको केही दिन नबित्दै अल्मुताइरीले थप १४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइसकेका थिए । वैशाख १४ मा खेलाडीले पत्रकार सम्मेलन गर्दै आफूहरूलाई बाध्य पारेर बन्द प्रशिक्षणबाट निकालिएको बताएका थिए ।

अन्ततः कुवेतमा हुने एसियन कप छनोटको तयारी गर्न नेपाली टिम कतार जाने भयो । त्यो टिममा चार नयाँ अनुहार समेट्दा तत्कालीन कप्तान किरणलाई समावेश नगरेर अल्मुताइरीले अर्को ‘सरप्राइज’ दिएका थिए । नेपाली राष्ट्रिय टोलीका लागि सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमानी गोलकिपर किरणलाई निकाल्नुको कारण अन्य खेलाडीलाई साथ दिएर फेसबुकमा लेख्नुमात्र थियो । 
युवा टिम लिएर अल्मुताइरी कतार भ्रमणमा जानुअघि नै एन्फाले गठन गरेको छानबिन समितिको प्रतिवेदन आइसकेको थियो । जसमा यो छनोटपछि खेलाडीलाई निश्चित मापदण्ड पूरा गरेर टिममा फर्काउन तथा प्रशिक्षकको विकल्प खोज्न सुझाव दिइएको थियो । त्यसबाट पनि उनको नेतृत्वमा नेपालको त्यो नै अन्तिम भ्रमण हुने पक्का थियो ।

त्यसपछि विकसित घटनाक्रमले पनि नेपाली फुटबलमा  अल्मुताइरीकाल अन्त्य भएको संकेत गर्छ । एउटा सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा अन्य एन्फा अध्यक्षसँग काम गर्न नसक्ने बताएका उनले चुनावकै दिन नेपाल नफर्किने संकेत दिइसकेका छन् ।

इन्स्टाग्रामको स्टोरीमा उनले ‘माया र साथका लागि धन्यवाद’ दिँदै ‘सम्पूर्ण कथाको अन्त्य हुने’ लेखेका थिए । अन्य अध्यक्षसँग काम नगर्ने घोषणा गरिसकेका अल्मुताइरीको त्यो स्टोरी अध्यक्ष पदको नतिजा आएको केही मिनेटमै पोस्ट हुनाले अर्थ पक्कै राख्छ ।

हुन त उनले यसअघि पनि पटक पटक नेपाल छाड्ने कुरा नगरेका होइनन् । एकाएक सामाजिक सन्जालमा गत वर्ष उनले आफू राजीनामा दिन एन्फा जान लागेको र त्यसको कारण तत्कालीन वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ रहेको बताउँदै स्टाटस लेखेका थिए । तर, उनले राजीनामा भने दिएनन् ।

गत वर्ष नै माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको फाइनलमा नेपाललाई पुर्याएपछि आफू नेपाल नफर्किने बताएका थिए । पछि, सम्झौतामा सुविधा थप गरेपछि उनी नेपाल फर्किन तयार भए ।

तर, नयाँ एन्फा कार्यसमितिको बुधबारको बैठकले छानबिन समितिको प्रतिवेदनअनुसार प्रशिक्षकको हकमा पनि अगाडि बढ्ने बताएसँगै खेलाडी–प्रशिक्षक विवाद टुंगोतर्फ लम्किएको छ ।

प्रतिवेदनमा भविष्यमा यस्तै समस्या आइरहने भएकाले एसियन कप छनोटपछि कतार एफएसँग सल्लाह गरेर प्रशिक्षकको विकल्प खोज्न सुझाव दिइएको थियो ।

एन्फा बैठकले गरेको निर्णयको चौथो बुँदामा लेखिएको छ, ‘राष्ट्रिय फुटबल टिमका खेलाडी र प्रशिक्षकबीचको विवादपछि गठित कार्यदलले बुझाएको प्रतिवेदनअनुरुप १० खेलाडीको हकमा राष्ट्रि«य टिममा सहभागी गराउने निर्णय गरियो । र, प्रशिक्षकको हकमा निज प्रशिक्षक र कतार फुटबल संघसँग समन्वय गरी कार्यान्वयन गर्न सचिवालयलाई निर्देशन दिने निर्णय गरियो ।’

कार्यसमितिको यो निर्णयसँगै तीन महिनादेखि रूमल्लिइरहेको फुटबल खेलाडी–प्रशिक्षक विवाद टुंगो नजिक पुगेको मान्न सकिन्छ ।


भिडियो
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC