काठमाडौं । बर्नलीमाथि २–० को सहज जित निकाल्दै आर्सनलले इङ्लिस प्रिमियर लिगमा आफ्नो जितको लयलाई कायम राखेको छ । जितसँगै शीर्ष स्थानको आर्सनलले दोस्रो स्थानको बर्नमाउथसँग सात अंकको दूरी बनाएको छ ।
शनिबार बर्नलीको घरेलु मैदान टर्फ मुरमा सम्पन्न १०औं चरणको खेलमा आर्सनलले दुबै गोल पहिलो हाफमा गर्यो । आर्सनलका लागि स्ट्राइकर भिक्टर ग्योकोरेज १४औं र मिडफिल्डर डेक्लन राइसले ३५औं मिनेटमा गोल गरे ।
आर्सनलको यो लगातार चौथो जित हो । यो जितसँगै आर्सनलले २५ अंक जोडेको छ । रेलिगेसन क्षेत्रभन्दा एक स्थान माथि रहेको बर्नलीले पछिल्ला दुई खेलमा स्पष्ट ६ अंक हासिल गरेको थियो । जुन लयलाई बर्नलीले कायम राख्न सकेन ।
आर्सनलले अब ११औं चरणको खेलमा सन्डरल्यान्डसँग खेल्नेछ । त्यस्तै बर्नलीले आर्सनलको लण्डन प्रतिद्धन्द्धी वेस्टह्यामसँग प्रतिस्पर्धा गर्नेछ ।
भिडियो
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL
हाम्रो लक्ष्य स्वर्ण पदक जित्ने हो ll JENISHA BISHWAKARMA ll CAPTAIN ll U-19 VOLLEYBALL TEAM
उपाधि हाम्रो हुनेछ भन्नेमा हामी ढुक्क छौँ ll KUMAR RAI ll HEAD COACH ll U-19 ll VOLLEYBALL TEAM
पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA
