कार्तिक १६, २०८२ आइतबार | ००:१५:३०
सेभियामाथि एट्लेटिकोको सहज जित रेलिगेसन क्षेत्रको नटिङ्घमसँग रोकियो युनाइटेड, दोस्रो स्थानमा उक्लिने अवसर गुमायो अंक दूरी बढाउँदै आर्सनल, सहजै हरायो बर्नलीलाई अग्सबर्गविरुद्ध डर्टमन्डको संघर्षपूर्ण जित काठमाडौंले भित्र्यायो इङ्लिस अलराउन्डर बेन चार्ल्सवर्थ श्रीलंका जाने यु-१९ भलिबल टोलीको बिदाई लुम्बिनी स्पोर्टस अवार्डलाई रोयल समृद्धि बिजनेस ग्रुपको साथ नेपाल फेरि अमेरिकासँग पराजित दीपाले पनि नासरिनबाट खेल्ने दीपेन्द्रकाे अर्धशतकमा अमेरिकालाई २७२ रनकाे लक्ष्य सेभियामाथि एट्लेटिकोको सहज जित रेलिगेसन क्षेत्रको नटिङ्घमसँग रोकियो युनाइटेड, दोस्रो स्थानमा उक्लिने अवसर गुमायो अंक दूरी बढाउँदै आर्सनल, सहजै हरायो बर्नलीलाई अग्सबर्गविरुद्ध डर्टमन्डको संघर्षपूर्ण जित काठमाडौंले भित्र्यायो इङ्लिस अलराउन्डर बेन चार्ल्सवर्थ श्रीलंका जाने यु-१९ भलिबल टोलीको बिदाई लुम्बिनी स्पोर्टस अवार्डलाई रोयल समृद्धि बिजनेस ग्रुपको साथ नेपाल फेरि अमेरिकासँग पराजित दीपाले पनि नासरिनबाट खेल्ने दीपेन्द्रकाे अर्धशतकमा अमेरिकालाई २७२ रनकाे लक्ष्य

नेपाल फेरि अमेरिकासँग पराजित

काठमाडौं । नेपालले आइसिसी विश्वकप लिग-२ अन्तर्गत आफ्नो पाँचौं त्रिकोणात्मक एकदिवसीय शृंखलाकाे तेस्रो खेलमा शनिबार अमेरिकासँग चार विकेटको हार बेहोरेको छ ।

युएईमा जारी शृंखलामा नेपाल लगातार दोस्रो पटक अमेरिकासँग पराजित भएको हो । यसैगरी समग्रमा भने नेपालको यो तेस्रो हार हो ।

पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रन तथा दोस्रो खेलमा घरेलु टोली युएईसँग पाँच विकेटले पराजित भएको थियो ।

हारसँगै १९ खेलमा १२ अंक जोडेको नेपाल सातौं स्थानमा छ । जित निकालेको अमेरिका २३ खेलबाट ३४ अंकका साथ शीर्ष स्थानमा छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको २७२ रनको लक्ष्य अमेरिकाले ४९ ओभरमा  विकेट गुमाउँदै पूरा गर्यो ।

अमेरिकाका लागि साइतेजा मुक्कामल्ला १०१ बलमा दुई चौका र एक छक्काको मद्दतले सर्वाधिक ७५ रनको योगदान गरे । यसैगरी मिलिन्ड कुमारले ६६ बलमा सात चौका र एक छक्कासहित ७०, शायन जहान्गिरले ३६, कप्तान मोनांक पटेलले २१,  शुवम रन्जानेले १९, स्मिथ पटेलले १६, सन्जय कृष्णमुर्तीले अविजित १५ र हरमित सिंहले अविजित १३ रन बनाए ।

चौथो विकेटका लागि साइतेजा र मिलिन्डबीच १२३ तथा पहिलो विकेटका लागि शायन र स्मिथबीच ५३ रनको साझेदारी भएको थियो । 

नेपालका लागि सन्दीप लामिछानले तीन तथा करण केसी, नन्दन यादव र  गुल्शनकुमार झाले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २७१ रनको योगफल तयार परेको थियो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ६७ तीन छक्का र दुई चौकाको मद्दतले सर्वाधिक ७५ रनको योगदान गरे । यसैगरी करण केसीले ४९, कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३ र कप्तान रोहितकुमार पौडेलले ३७ रन बनाए ।

पाँचौं विकेटका लागि दीपेन्द्र र रोहितले ८९ तथा दोस्रो विकेटका लागि कुशल र भीमले ८६ रनको साझेदारी गरेका थिए । 

अमेरिकाका लागि हरमित सिंहले तीन, सौरभ नेत्रवाल्कर, नोस्थुश केन्जिगेले समान दुई तथा जसदिप सिंह र शुवम रन्जानेले समान एक विकेट लिए ।


भिडियो
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL
हाम्रो लक्ष्य स्वर्ण पदक जित्ने हो ll JENISHA BISHWAKARMA ll CAPTAIN ll U-19 VOLLEYBALL TEAM
उपाधि हाम्रो हुनेछ भन्नेमा हामी ढुक्क छौँ ll KUMAR RAI ll HEAD COACH ll U-19 ll VOLLEYBALL TEAM
पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA