काठमाडौं । एट्लेटिको मड्रिडले स्पेनिस ला लिगमा सेभियामाथि ३-० को सहज जित हासिल गरेको छ । जितसँगै शीर्ष स्थानको रियाल मड्रिडसँग अंक दूरी घटाउने एट्लेटिकोको प्रयास सफल भयो ।
शनिबार रियाद एयर मेट्रोपोलिटानो रंगशालामा सम्पन्न ११औं चरणको खेलमा घरेलु टोलीलाई जित दिलाउन स्ट्राइकरद्धय युलियन आल्भारेज र एन्टोनियो ग्रिजम्यान र अट्याकिङ मिडफिल्डर थियाथो अल्मादाले गोल गरे । सबै गोल दोस्रो हाफमा सम्भव भएका हुन् ।
एट्लेटिकोको यो लगातार तेस्रो जित हो । सेभियालाई हराएसँगै एट्लेटिकोले ११ खेलमा २२ अंक जोडेको छ । शीर्ष स्थानको रियालको २७ अंक छ । यद्यपि रियालले एट्लेटिकोभन्दा एक खेल कम खेलेको छ ।
उता सेभियाको यो लगातार तेस्रो हार हो । १३ अंकका साथ सेभिया ११औं स्थानमा छ । ११औं चरणमा डिपोर्टिभा आल्भेस, ओसासुना र सेल्टा भिगोले आ-आफ्ना खेलमा विजयी हासिल गरे सेभिया १४औं स्थानमा झर्नेछ ।
