पुस १, २०८२ बुधबार | ०५:०८:०७
नेपाल क्यानो र कायाक टोलीलाई एनओसीको बिदाई चेल्सी वर्ल्डको दोहोरो जित राष्ट्रिय टेबल टेनिसः सुरम्यलाई स्वर्ण संयोगलाई यिन्हेको साथ एन्फा यु-१६ युथ लिगः चर्च ब्वाइजले पुलिसलाई रोक्यो, मछिन्द्रको जित, एपिएफ र एनआरटीले खेल्यो गोलरहित काष्ठमण्डप र दीक्षालय फाइनलमा अस्ट्रेलियाका क्यामरुन बने आइपिएलका सबैभन्दा महँगो विदेशी फ्रेन्डसिप तेक्वान्दो हुने हर्शल पाठक महिला टिमको मुख्य प्रशिक्षक नियुक्त आइपिएल मिनि अक्सन आज, कोलकतालाई अवसर नेपाल क्यानो र कायाक टोलीलाई एनओसीको बिदाई चेल्सी वर्ल्डको दोहोरो जित राष्ट्रिय टेबल टेनिसः सुरम्यलाई स्वर्ण संयोगलाई यिन्हेको साथ एन्फा यु-१६ युथ लिगः चर्च ब्वाइजले पुलिसलाई रोक्यो, मछिन्द्रको जित, एपिएफ र एनआरटीले खेल्यो गोलरहित काष्ठमण्डप र दीक्षालय फाइनलमा अस्ट्रेलियाका क्यामरुन बने आइपिएलका सबैभन्दा महँगो विदेशी फ्रेन्डसिप तेक्वान्दो हुने हर्शल पाठक महिला टिमको मुख्य प्रशिक्षक नियुक्त आइपिएल मिनि अक्सन आज, कोलकतालाई अवसर

लुम्बिनी स्पोर्टस अवार्डलाई रोयल समृद्धि बिजनेस ग्रुपको साथ

काठमाडौं । प्रथम लुम्बिनी स्पोर्टस अवार्डलाई रोयल समृद्धि बिजनेस ग्रुपको प्रालीले सह–प्रायोजनका रूपमा साथ दिने भएको छ ।

शनिबार आयोजक रंगशाला नेपाल मिडिया प्रालीका प्रमुख कार्यकारी कमल खत्री र रोयल समृद्धि बिजनेस ग्रुपका प्रमुख कार्यकारी टिकाराम खत्रीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

नेपालगन्ज–१ धम्बोझीमा रहेको रोयल समृद्धि बिजनेस गु्रप प्राली खेलकुदका सामाग्री बिक्री गर्ने कम्पनी हो ।

रोयल समृद्धिका  प्रमुख कार्यकारी खत्रीले खेलकुद क्षेत्रमा मिहिनत गरिरहेका खेलाडीलाई हौसला बढाउने कार्यक्रम लुम्बिनी स्पोर्टस अवार्डमा सह–प्रायोजन गर्न पाउँदा खुसी लागेको बताए । ‘‘यो कार्यक्रम निकै राम्रो छ । खेलकुदमा यस्ता कार्यक्रम कमै हुने गरेका छन् । हामी निरन्तर रूपमा यो अवार्ड कार्यक्रममा सहकार्य गर्न तयार छौं,’ खत्रीले भने ।

सम्झौता अनुसार रोयल समृद्धि बिजनेस ग्रुप प्रालीले वर्षको उत्कृष्ट पुरुष खेलाडी अवार्डलाई लगातार तीन वर्षसम्म प्रायोज प्रायोजन गर्नेछ । यसैगरी यो अवार्डको नाम रोयल समृद्धि उत्कृष्ट पुरुष खेलाडी अवार्ड नामाकरण गरिनेछ ।

रंगशाला नेपाल मिडिया प्रालीका प्रमुख कार्यकारी खत्रीले रोयल समृद्धिसँग को सहकार्यले अवार्डलाई सम्पन्न गर्न हौसला मिलेको प्रतिक्रिया दिए।  ‘लुम्बिनी प्रदेशमा पहिलो पटक आयोजना गर्न लागिएको यो कार्यक्रमलाई सफल बनाउन यो प्रायोजन महत्वपुर्ण हुनेछ,’ खत्रीले भने ।

लुम्बिनी प्रदेशलाई आधार मानेर खेल क्षेत्रमा लागेका खेलाडी र खेलकर्मीको उपलब्धी र सफलतालाई सम्मानगर्ने उद्देश्यले लुम्बिनी स्पोर्टस अवार्ड आयोजना गर्न लागिएको आयोजक रंगशाला नेपाल मिडिया प्रालीले जनाएको छ ।

लुम्बिनी स्पोर्टस अवार्डको पहिलो संस्करणमा विभिन्न चार विधामा खेलाडी र खेलकर्मीलाई अवार्ड प्रदान गरिने अवार्ड कार्यक्रम संयोजक चाहना शाहले जानकारी दिइन । अवार्डमा उत्कृष्ट पुरुष खेलाडी अवार्ड, उत्कृष्ट महिला खेलाडी अवार्ड, लाईफ टाइभ अचिभमेन्ट अवार्ड र उत्कृष्ट टिम अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

नेपालगन्जमा आगामी मंसिर १८ गते हुने अवार्डलाई अन्तर्राष्ट्रिय स्पोर्टस ब्रान्ड केल्मीले सहप्रायोजन गरेको छ ।


भिडियो
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I
C DIVISION LEAGUE QUALIFIER'S मा च्याम्पियन भएपछि NEPALJUNG SPORTING 11 को खुसी II ANFA COMPLEX
APF VS KARACHI II MATCH REVIEW II फरवार्डहरु चनाखो नहुँदा स्कोरिङमा समस्या भइरहयो II NABIN NEUPANE
खेलाडीमा थकान बढी भयो ll JIBESH PANDEY ll HEAD COACH ll APF FC
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team