एसिसी महिला ट्वान्टी२० च्याम्पियनसिप

वर्षाका कारण खेल सुरु भएन

काठमाडौं । वर्षाका कारण नेपाल र युएईबीच एसिसी महिला ट्वान्टी२० च्याम्पियनसिपअन्तर्गतको सेमिफाइनल खेल सुरु हुन सकेको छैन । 

बिहान ८ः१५ बजेबाट खेल सुरु हुने तालिका रहे पनि लगातारको वर्षाका कारण टस समेत हुन सकेको छैन । 

नेपालसामु एसिया कपमा स्थान बनाउने सुनौलो अवसर हुनेछ । 

प्रतियोगिताको विजेता र उपविजेता एसिया कपका लागि छनोट हुनेछन् । 

समूह ‘बी’ मा रहेको नेपाल उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको थियो । समूह ‘बी’बाट हङकङ विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो ।
युएई भने समूह ‘ए’ को विजेता हो । यस समूहबाट मलेसिया उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको थियो ।

 समूह चरणका चार मध्ये तीन खेल जित्ने क्रममा नेपालले भुटान, कुवेत र बहराइनलाई हराएको थियो भने समूह विजेताका लागि भएको भिडन्तमा हङकङलाई नतिजा सुम्पिएको थियो ।

ट्वान्टी २० क्रिकेटमा नेपाल र युएई अहिले सम्म तीन पटक आमने सामने भएका छन् । जसमा नेपालले दुई खेल जितेको छ भने एक खेलमा नतिजा सुम्पिएको छ ।