युरोपा लिगको ‘ड्र’ सार्वजनिक

पेरिस, (खेलाडी)- युरोपियन फुटबलको सर्वोच्च निकाय यूइएफएले शुक्रबार युरोपा लिग फुटबलको समूह चरणको ‘ड्र’ सार्वजनिक गरेको छ ।

सार्वजनिक ‘ड्र’ अनुसार समूह ‘ए’मा लियोन, रेन्जर्स, स्पार्टा प्राग र ब्रोन्डबी छन् । समूह ‘बी’मा मोनाको, पिएसभी आइन्डहोभन, रियाल सोसीडाड र स्टोर्म ग्राज छन् । 

समूह ‘सी’मा इङ्लिस क्लब लेस्टर सिटी र इटालियन क्लब नेपोलीसँगै स्पार्टक मस्को र लेगिया वार्सा छन् । त्यस्तै समूह ‘डी’ मा ओलम्पियाकोस, इन्ट्रयाक्ट फ्रयांकफर्ट, फेनेरबाच र एन्टवेर्प छन् । 

समूह ‘इ’ मा लाजियो, लोकोमोटिभ मस्को, मार्र्से र गालाटासरे छन् । यसैगरी समुह ‘एफ’ मा ब्रागा, रेड स्टार बेलग्रेड, लुडोगोरेट्स र मिड्जिल्यान्ड छन् । 

समुह ‘जी’ मा बायर लेभरकुसन, सेल्टिक, रियल बेटिस र फ्रेङ्कभारोस छन् भने समुह ‘एच’मा डिनामो जागरेब, जेन्क, वेस्ट ह्याम र र्यापिड भियना छन् । 
समूह ‘ए’ : लियोन, रेन्जर्स, स्पार्टा प्राग, ब्रोन्डबी
समूह ‘बी’ : मोनाको, पिएसभी आइन्डहोभन, रियाल सोसीडाड, स्टर्म ग्राज
समूह ‘सी’ : लेस्टर सिटी, नपोली, स्पार्टक मस्को, लेगिया वार्सा
समूह ‘डी’ : ओलम्पियाकोस, इन्ट्रयाक्ट फ्रयांकफर्ट, फेनेरबाच, रोयल एन्टवेर्प
समूह ‘इ’ : लाजियो, लोकोमोटिभ मस्को, मार्र्से, गालाटासरे
समूह ‘एफ’ : ब्रागा, रेड स्टार बेलग्रेड, लुडोगोरेट्स, मिडजिल्यान्ड
समूह ‘जी’ : बायर लेभरकुसन, सेल्टिक, रियाल बेटिस, फेरेन्कभारोस
समूह ‘एच’ : वेस्ट ह्याम, डिनामो जागरेब, जेन्क, र्यापिड भियना