नेपाली क्रिकेट

जिम्बावे ‘ए’ विरुद्ध कुशलको अर्धशतक

काठमाडौं । जिम्बावे ‘ए’ विरुद्धको तेस्रो एकदिवसीय खेलमा नेपाली टोलीका ओपनर ब्याटर कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जिम्बावेले दिएको दुई सय १४ रनको लक्ष्य पछ्यारहको नेपाली टोलीबाट कुशलले ४२ बलमा ६ पाँच चौका र एक छक्कासहित ५० रन पूरा गरे ।

नेपालले अहिले १६ ओभरको समाप्तीमा एक विकेट गुमाएर ९८ रन बनाएको छ । ६१ रन बनाएर खेलिरहेका कुशललाई क्रिजमा सुनिल धमलाले साथ दिइरहेका छन् । सुनिल ६ रनमा खेलिरहेका छन् ।

त्यसअघि नेपाली टोलीका अर्का ओपनर ब्याटर आसिफ शेख ३७ बलमा २९ रन बनाएर आउट भएका थिए ।